हार पछि कमल थापाले यसो भने

काठमाडौँ  । मकवानपुर क्षेत्र नं १ मा प्रतिनिधिसभामा पराजय भोग्नु परेको नेता कमल थापाले आफूले पराजय सहर्ष स्वीकार गरेको बताएका छन् ।मत परिणामपछि थापाले सामाजिक सञ्जाल मार्फत बाम गठबन्धनका उम्मेदवार कृष्णप्रसाद दाहाललाई बिजयीको शुभकामना दिदै आफुलाई मत दिने सबै मतदाता प्रति कृतज्ञता व्यक्त गरेका छन् । साथै निर्वाचनको समयमा सहयोग गर्ने कार्यकर्ता शुभचिन्तक प्रति आभार व्यक्त गरेका छन् ।

उनले लेखेका छन्,

मकवानपुर क्षेत्र नं १प्रतिनिधिसभा चुनावमा जनताको निर्णय शिरोधार्यगर्दै पराजय सहर्ष स्वीकार गर्दछु । कृष्णप्रसाद दाहालजीलाई बिजयी भएकोमा बधाई र शुभकामना । मलाई मत दिनुहुने सबैमा सादर कृतज्ञता । निर्वाचनमा अहोरात्र खटनुहुने राप्रपा र नेकाका कार्यकर्ता,शुभचिंतक र सहयोगीहरुमा हार्दिक आभार ।राप्रपाका अध्यक्ष एवं उपप्रधानमन्त्री थापालाई एमालेका दाहालले पराजित गरेका थिए । दाहालको पक्ष्यमा ४० हजार ६ सय ३१ र थापाले ३४ हजार ६ सय ५८ मत ल्याएका थिए । थापा अहिले देउवा सरकारमा उपप्रधान तथा उर्जामन्त्री रहेका छन् ।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu