चुनाव जित्दै गर्दा ओलीले दिए तीन करोड नेपाली लाई खुशी को खबर

२४ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम सन्तोषजनक रहेको भन्दै अब नमूना देश बनाउनतर्फ लाग्नुपर्ने बताएका छन् ।आफूले मतदान गरेको भक्तपुर २ बाट एमालेका युवा नेता महेश बस्नेतले जितेपछि निवासमै बधाई दिदै ओलीले सञ्चारकर्मीसँग भने- निर्वाचनको परिणाम हामीले सोचेअनुसार नै आएको छ, अब यो देशलाई


विकास र सम्बृद्धिको बाटोमा लगेर नमूना देश बनाउन लाग्नुपर्छ । ओलीले निर्वाचनअघि वामपन्थी विरुद्ध फैलाइएका भ्रम र सरकारले मच्चाएको अराजकतालाई परास्त गरेको प्रतिक्रिया दिए ।उनले सामाजिक सदभाव, राष्ट्रिय एकता कायम गर्दै सम्बृद्ध देश निर्माण गर्ने दायित्व कम्युनिस्ट पार्टीको काँधमा आएको बताए । उनले देशलाई सम्बृद्ध बनाउन कम्युनिस्टहरु गम्भीर, स्वच्छ र पारदर्शी हुनुपर्ने कुरामा जोड दिए ।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu