आरजु राणा लागि आयो दु:खद खबर

आरजु राणा हार्ने पक्काकैलाली क्षेत्र नंम्बर ५ बाट कांग्रेसकी आरजु राणा हार्ने पक्का भएको छ। उनी मतगणनाको सुरूवातदेखि नै लगातार वाम गठबन्धनका एमाले उम्मेद्वार नारदमुनी राना भन्दा पछाडि परेकी थिइन्।रानाले यो समाचार तयार पार्दासम्म २५ हजार २ सय २६ मत प्राप्त गरेका छन्। जबकी आरजुले २१ हजार १ सय ८५ मत प्राप्त गरेकी छिन्। राना भन्दा आरजु ४ हजार ४१ मतले पछाडि छिन्।

कैलाली ५ का निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले अग्रता भन्दा कम मत मात्र गणना गर्न बाँकी रहेको बताए।उम्मेद्वारबीचको अग्रता ३ हजार माथिको छ। गणना गर्न ३ हजार भन्दा कम मत बाँकी छ’, अर्यालले सेतोपाटीसँग भने, ‘परिणामको औपचारिक घोषणा बाँकी छ भने हुन्छ।’कैलालीमा निर्वाचन लड्न पुगेकी आरजु विरुद्ध प्रतिष्पर्धीहरूले टुरिस्ट उम्मेद्वारको आरोप लगाएका थिए। लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजुले धनगढीमा घर समेत किनेकी थिइन्।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu