पृथ्वीनारायण शाहसंग दाज्दै प्रचण्डले गरे यस्तो घोषणा, सबै चकित

काठमाडौँ । राष्ट्रनिर्माताका रुपमा परिचित पृथ्वीनारायण शाह कुनै बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका लागि अप्रिय व्यक्तित्व थिए । तर, आज तिनै पृथ्वीनारायण उनका लागि आदर्श बन्न पुगेका छन् ।अध्यक्ष दाहालले नेपाल देशभक्त गणतान्त्रिक मञ्चले बानेश्वरमा गरेको कार्यक्रममा पृथ्वीनारायणले नेपालकै इतिहासमा सबैभन्दा ठुलो आन्दोलन चलाएको तर्क गर्दै राष्ट्रिय एकता अभियानलाई बिहीबार एक कार्यक्रम स्मरण गरेका छन् ।आफ्नो नेतृत्वमा देशमा भएको १० वर्षे जनयुद्ध र त्यसपछिको शान्ति प्रक्रिया पृथ्वीनारायणको एकता अभियानपछिको ठुलो आन्दोलन भएको अध्यक्ष दाहालको तर्क थियो ।

आफूलाई यति धेरै अवसर प्राप्त भएको भन्दै दाहालले नेपाल र नेपालीप्रति ऋणि रहेको पनि उल्लेख गरे । ‘एकै व्यक्तिलाई यति धेरै अवसर कमैलाई मात्र प्राप्त हुन्छ। मलाई त्यस्तो अवसर प्राप्त भयो, नेपाल राष्ट्र र नेपाली जनताप्रति म ऋणि छु’, उनले भनेका छन्, ‘पृथ्वीनारायण शाहपछि नेपालमा सबैभन्दा ठूलो आन्दोलन र बलिदान मेरै नेतृत्वमा प्राप्त भयो, त्यसले गणतन्त्र, संघीयता र नयाँ संविधान दियो। मेरै नेतृत्वमा शान्ति सम्झौता भयो। युद्द र शान्ति दुवैको नेतृत्व गर्ने अवसर जनताले मलाई दिए।’

अध्यक्ष दाहालले संविधान निर्माण र कार्यान्वयनमा पनि नेतृत्वदायी भूमिका खेलेको बताउँदै अब नेपालमा स्थिरता र विकास हुने जिकिर गरे । ‘अब नेपालको स्थिरता, विकास र समृद्धिको नेतृत्व पनि मेरै काँधमा आएको छ’, उनले भने, ‘त्यो जिम्मेवारी पनि म पूरा गर्छु।’

जनताप्रति विनम्र बनौँ

अध्यक्ष प्रचण्डले निर्वाचनमार्फत् जनताबाट प्राप्त जनमतप्रति पार्टी र नेताहरु विनम्र हुनुपर्नेमा पनि जोड दिएका छन् । ‘जनताले हामीलाई निकै ठूलो जिम्मेवारीको भारी बोकाएका छन्। हाम्रो दायित्व देशमा स्थिरता र विकासको सपना साकार पार्नु हो’, उनले भने, ‘जनमतबाट हामी अझै जिम्मेवार बन्नुपर्छ, विनम्र बन्नुपर्छ। जनमतको सम्मान गरेर अघि बढ्नुपर्छ।’

अध्यक्ष दाहालले वामपन्थी गठबन्धन बनाएर निर्वाचन लडेपछि वाम समीकरण र पार्टी एकतालाई जनताले अनुमोदन गरेका जिकिर गरे । ‘अब हामी इमान्दार भएर अगाडि बढ्नुपर्छ’, उनले अगाडि भने, ‘निर्वाचनले धेरै चुनौतिको समाधान दिएको छ। तर, थप चुनौति देखिएका छन्। संविधान र कानूनको फरक व्याख्या देखिएको छ। यसको समाधान पनि जनमतअनुसार नै हुन्छ।’अध्यक्ष दाहालले राष्ट्रिय एकता र भौगोलिक अखण्डताको प्रावधान बाहेक अरु कुरा जनमतका आधारमा परिमार्जन गर्न सकिने बताउँदै सं‌विधान संशोधन गर्न सकिने संकेत गरे छ
अन्नपूर्ण पोस्ट

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu