इन्डोनेसिया प्रहरीले नेपाली लाइ गोली हान्यो

काठमाडौं – लागू औषध तस्करको आरोपमा इन्डोनेसिया प्रहरीले एक नेपालीलाई गोली हानेर मारेको छ । मारिनेमा ३४ वर्षीय शरण तामाङ छन् । उनको नेपालको ठेगाना भने खुलाइएको छैन ।लागू औषध तस्करीको सूचनाका आधारमा अपरेशन चलाइएको सेन्ट्रल जाकार्ता मेट्रो पुलिसका चिफ सिनियर कमिशन रोमन हुटाजुजुले बताएका छन् ।उनका अनुसार तामाङ अल्पाइन होटलमा लुकेर बसेका थिए । फोन नम्बरका आधारमा ट्राक गरिएको र ग्राहक बनेर उनीसम्म पुगेको प्रहरीले बताएको छ । ५० ग्राम ‘मेथ’ अर्डर गरेर उनलाई ओसीबीसी बैंक अगाडि बोलाइएको थियो ।उनी त्यहाँ आएलगत्तै पक्राउ गरिएको र उनको साथबाट ५२ ग्राम लागू औषध बरामद भएको छ । होटलमा उनको कोठा सर्च गर्दा ३.४ किलो मेथ भेटिएको प्रहरीले जनाएको छ ।सोधपुछका क्रममा उनले अरु साथी रहेको स्थान बताएको र त्यहाँ जाने क्रममा भाग्न खोजेपछि गोली चलाउनु परेको इन्डोनेसिया प्रहरीले बताएको छ ।

काठमाण्डौ, ३ माघ । ललितपुर – १ बाट नवनिर्वाचित सांसद एवं नेपाल प्रहरीका पूर्वडिआईजी नवराज सिलवाललाई पक्रन प्रहरीले देशभरका प्रहरी कार्यालयहरुमा पत्राचार गरेको काठमाणडूटुडेमा खबर छ ।यसअघि महानगरीय प्रहरी परिसर काठमाण्डौले सिलवाल पक्रन ललितपुर परिसरलाई पत्राचार गरेको थियो । तर, सिलवाल पक्राउ पर्न नसकेको भन्दै प्रहरी प्रधान कार्यालयले देशभरका सबै प्रहरी युनिटमा पत्राचार गरेको हो ।प्रधान कार्यालयअन्तर्गतको अपराध अनुसन्धान विभागले सातवटै प्रदेश प्रहरी कार्यालयलाई सिलवाललाई पक्राउ गरी काठमाण्डौ परिसरमा उपस्थित गराउन निर्देशनात्मक पत्र पठाएको हो । सिलवालविरुद्ध काठमाण्डौ परिसरले सरकारी कागजात किर्तेको मुद्धा दायर गरेको छ ।आफू प्रतिस्पर्धीभन्दा प्रहरी महानिरीक्षकका लागि योग्य रहेको दाबीसहित सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्यांकन किर्ते भएको आरोप प्रहरीको छ । प्रहरीले पक्राउ गर्ने तयारी गरेको थाहा पाएपछि सिलवाल मलेसिया गएका थिए । उनी अझै स्वदेश फर्केका छैनन् ।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu