आधा रात मा आयो ओली प्रचण्ड को एस्तो खतरनाक खबर

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच तीन लामो बार्ता सकिएको छ ।दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म बालकोटमा भएको बैठकमा कार्यदलको रिपोर्ट, प्रदेश सरकारको गठन र राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल भएको बताइएको छ ।छलफल असाध्यै सकारात्मक र सबै विषयमा खुलेर कुराकानी भएको पनि नेताहरुले दावी गरेका छन् ।भोलि दुई पार्टीमा आन्तरिक छलफल गरी पर्सि एकता संयोजन समितिको बैठक बसेर सरकार गठन भन्दा अगाडि नै पार्टी एकता गर्ने सहमति दुई नेताहरु बीच भएको बताइउको छ ।दुई नेताबीच खासगरी पाँचवटा विषयमा आज गहन छलफल भएको र त्यो निकै सकारात्मक भएको बताइएको छ ।देउवा नेतृत्वका सरकारले बुधबार गरेको प्रदेश प्रमुखको नियुक्तीका विषयमा दुई पार्टीले साझा धारण बनाएर सार्वजनिक गर्ने सहमति भएको बताइएको छ ।

बैठकमा पार्टी एकताका लागि संगठनात्मक संरचना कस्तो बनाउने भन्ने बारेमा पनि ओली र प्रचण्डबीच बृहत छलफल भएको बताइएको छ । साथै सरकार गठन विधि, प्रक्रिया, मन्त्री फाँडफाँड लगायतका विषयमा पनि गभ्भीर छलफल भएको बताइएको छ ।त्यसैगरी, एमाले, माओवादी केन्द्रलगायतका वामपन्थी शक्तिबीच पार्टी एकतापछि बन्ने नयाँ पार्टीको वैचारिक र संगठनात्मक दाँचा, नीति सिद्धान्त र कार्यनीतिका बारेमा पनि गहन छलफल भएको छ ।गत पुस २५ गतेको एकता संयोजन समितिले प्रदेशसभा गठन, राष्ट्रियसभा निर्वाचन र प्रदेश सरकार गठन लगायतका जिम्मेवारीसहित गठन गठित संयुक्त कार्यदलले ७० र ३० आधारमा राष्ट्रियसभा सदस्य उम्मेदवार बनाउन प्रस्तावका बारेमा पनि दुई अध्यक्षबीच छलफल भएको बताइएको छ ।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu