विमान दुर्घटना [अपडेट] जहाजमा लागेको आगो नियन्त्रणमा, जहाजबाट शव निकालिँदै

फागुन २८, २०७४ काठमाडौं : त्रिभुवन विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । दुर्घटनामा हताहत भएको संख्याको यकिन विवरण आएको छैन ।विमानमा लागेको आगो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छ। विमानबाट सुरक्षाकर्मीहरूले शव निकालिरहेका छन्। घाइते यात्रुहरूलाई काठमाडौंका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार बंगलादेशको ढाकाबाट आएको उडान नम्बर युबिजी–२११ भएको उक्त जहाजमा ६७ यात्रु र चालक दलका ४ सदस्य सवार थिए। विमान बंगलादेशबाट नेपाल आएको थियो। दुर्घटनाबारे बुझ्न गृहमन्त्री लगायत सरकारी उच्च पदस्थ अधिकारी विमानस्थल पुगेका छन् ।

जहाज दुर्घटना [अपडेट] ६७ जना यात्रु भएको अनुमान, अहिलेसम्म २० जनाको उद्धार

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu