हाज दुर्घटना अपडेटः घाइतेको उपचार, मृतक ४ नेपालीको नाम खुल्यो

काठमाडौं– यूएस बाङ्ला एयरवेजको जहाज दुर्घटनाका बीस जना घाइतेको केएमसी अस्पताल सिनामंगलमा उपचार भईरहेको छ । यूएस बाङ्ला एयरवेजको जहाज त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । केएमसी अस्पतालका अनुसार त्यहाँ ल्याइएका मध्ये ८ जनाको निधन भएको छ भने दुई जनाको आइसीयूमा र अन्य दश जनाको बर्न कक्षमा उपचार भइरहेको छ ।

पाँच जनाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । यो दुर्घटनामा झन्डै ५० जनाको मृत्यु भएको आशंका गरिएको छ । यद्यपी विमानस्थल अधिकारीहरुले आधिकारिक विवरण उपलब्ध गराएका छैनन् । केएमसी अस्पतालमा निधन भएका यात्रुको नाम प्राप्त भएको छ ।

३५ वर्षिय हरिशरण पौडेल ३० वर्षिय सजना देवकोटा
८० वर्षिय प्रविण चित्रकारदुइ जना चिनियाँ यात्रुको नाम खुलेको छैन ।
धेरै नै बर्न इन्जुरी भएका बाँकी दुईको पहिचान खुलेको छैन ।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu