हिजो दुर्घटना भएको प्लेनका २ पाइलटहरुको बारे जो अहिले संसारमा छैनन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बंगलादेशी विमान दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ ।८ को अस्पतालमा निधन, २ घर फर्केदुर्घटनास्थलमा ४० जनाको शव निकालिएको नेपाल प्रहरीले जनाएको छ । उद्धार गरिएका २५ जनालाई अस्पताल लगेकोमा ८ जनाको काठमाडौं मेडिकल कलेज सिनामंगलमा ज्यान गएको छ ।

घाइतेमध्ये २ जना उपचारपछि घर फर्केको जानकारीमा आएको नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ । विमानमा ३३ नेपालीसहित ७१ जना सवार थिए । घातेहुने हरूलाई सिघ्रस्वास्थ्य लाभ को कामना🙏 ज्यानगुमाउने हरू प्रति हार्दिक श्रद्धांजलि😓😓यिनै हुन् पाइलट जस्ले एयर ट्राफिक कन्ट्रोलको निर्देशन नमान्दा यति ठुलो क्षेति हुन् पुग्यो ! तर अझै भयानक क्षेति हुने थियो यसरि बचाए !त्रिभुवन विमानस्थल एयर ट्राफिक कन्ट्रोलको निर्देशन नमान्दा सोमबार युएस बंगला विमान दुर्घटनाग्रस्त भयो। विमानमा रहेका कम्तिमा ४९ यात्रुसहित पाइलटहरुले पनि ज्यान गुमाए।

त्रिभुवन विमानस्थलमा भएको युएस बांग्लाको विमान दुर्घटनामा पाइलट र चालक दलका दुई सदस्यको मृत्यु भएको छ।काठमाडौँ मेडिकल कलेजले अस्पतालमा मृत अवस्थामा ल्याइएकाहरुको नामावली प्रकाशन गरेको छ जसमा महिला पाइलट पृथुला रसिद र चालक दलका सदस्य ३५ वर्षीय ख्वाजा हुसेन रहेका छन्। त्यसैगरी इन्जिनियर रकिबुल हुसेनको पनि मृत्यु भएको छ।

तर विमानस्थलस्थित सुरक्षा स्रोतहरूका अनुसार युएस बंगला विमान दुर्घटनासँगै अर्को ठूलो दुर्घटना भने टरेको छ। र प्रत्यक्षदर्शी सुरक्षा अधिकारी त्यसको जस युएस बंगला विमानका चालकलाई नै दिन्छन्।

आफूहरु संकटमा परिसकेको अवस्थामा पनि विमानस्थलमा रहेका अन्य जहाज सुरक्षित हुने गरी युस बंगला विमानका चालकहरुले आफ्नो विमान अवतरणको प्रयास गरेको देखिएको सुरक्षा अधिकारीहरूले जनाएका छन्।अवतरणको प्रयास गर्दैगर्दा युएस बंगला विमानले विमानस्थलको पार्किङ वेमा रहेका थाइ एयर, मालिन्दो एयर र एयर इण्डियाका जहाजहरुलाई बचाउने भरपुर प्रयास गरेको थियो।

विमानस्थल सुरक्षामा खटिएका सैनिक अधिकारीको भनाईमा, पाइलटहरुले नियन्त्रण गुमाएका भए इन्टरनेसनल पार्किङमा रहेका ती कम्पनीका जहाजहरु ध्वस्त हुन सक्थे। र, मानवीय तथा भौतिक क्षति निकै बढी हुने थियो।‘तर उनीहरुले पूर्ण सावधानीका साथ अवतरणको प्रयास गरे, जसले गर्दा आफ्नो जहाज दुर्घटनामा परेपनि अरु जहाजलाई केही भएन। मानवीय क्षतिपनि कम भयो’, हवाई उडान सम्बन्धमा जानकार विमानस्थलका एक जना उच्च सैनिक अधिकारीले भने।

दक्षिणबाट आएको जहाज सिधै विमानस्थलमा अवतरण गर्नु पर्नेमा उत्तरतर्फको चाँगुनारायणतिर मोडिएको थियो। एयर ट्राफिक कन्ट्रोलसँग विमान चालकहरूको संवाद रेकर्डले चाहिँ अवतरण गर्दैगर्दा ककपीटमा उनीहरू केही अन्योलमा रहेको पुष्टी गरेको छ।प्रारम्भिक विश्लेषण अनुसार विमानको पछाडितिरबाट तीब्र गतिमा हावा चलेका कारण जहाज उत्तरतर्फ लागेको हुनसक्छ।

‘अवतरणका बेला पछाडिबाट हावा चल्यो भने राम्रो मानिँदैन, त्यस्तो बेला अवतरण गर्न कठिन हुन्छ’ सैनिक अधिकारी भन्छन्, ‘अगाडिबाट हावा चल्यो भनेचाहिँ अवतरण गर्न सहज हुन्छ।’
तर, चाँगुनारायणमाथि पुगिसकेको विमानलाई उनीहरुले सही ढंगले मोड्न सकेनन्। त्यसपछि विमान अनियन्त्रित हुँदै विमानस्थलतिर प्रवेश गर्यो। उत्तरतर्फ लाग्दा ठीक राडार माथिबाट गएको विमान विमानस्थल प्रवेश गर्दा राडार राखिएको भन्दा कम उचाईबाट प्रवेश गरेको थियो।विमानलाई उत्तर लगेर फेरि दक्षिण मोड्दा तीब्र गतिमा चलेको हावा जहाजको अगिल्तिर पर्छ र अवतरण गर्न सहज हुन्छ भन्ने निष्कर्ष पाइलटहरुले निकालेको देखिन्छ।

सोमबारको दुर्घटना नेपालको हवाई इतिहासको एउटा दुखद घटनाको रुपमा दर्ज भइसकेको छ, जहाँ ४ दर्जन बढीले ज्यान गुमाइसकेका छन्।‘यदि विमान थोरैमात्र पनि तलबाट गएको हुन्थ्यो भने त्यहीँ ध्वस्त हुन्थ्यो’, प्रत्यक्षदर्शी सैनिक अधिकारीले भने, ‘त्यो अवस्थामा थाइ, एयर इण्डिया र मालिन्दो एयरका विमान पनि ध्वस्त हुनसक्थे।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu