निर्मला पन्तको घरमा आईजीपी खनाल, ‘निर्मलाको आमा बुबासङ गरे यस्तो बाचा.

काठमाडौं । बलात्कारपछि भएको निर्मला पन्तको हत्या घटना रहस्यमय बनिरहँदा प्रहरी महानिरीक्षक सर्वेन्द्र खानल कञ्चनपुर प्ुगेका छन् । गएको साउन ९ गते साथीको घर गएकी १३ वर्षीया किशोरी निर्मलाको भोलिपल्ट १० गते बलात्कारपछि हत्या भएको अवस्थामा उखुबारीमा शव फेला परेको थियो । यो घटनामा प्रभावशाली व्यक्तिको संलग्नता रहेको आशंका स्थानीयले गरेका बेला प्रहरी महानिरीक्षक खनालले निर्मलाका परिवारसँग भेटघाट गरेका छन् ।निर्मलाका आफन्तलाई भेट्न प्रहरी महानिरीक्षक खनाल बिहीबार बेलुका कञ्चनपुरस्थित पीडित परिवारकै घरमा पुगेका हुन् । खनालले अपराधमा संलग्न दोषी जो सुकै भएपनि पक्राउ गरेर कारबाही गर्ने आश्वासन दिएका छन् ।घटनापछि अनुसन्धानका क्रममा प्रहरीले गरेको लापरबाहीका कुराहरू पनि पीडित परिवारले महानिरीक्षक खनाललाई जानकारी गराएका छन् । नक्कली दोषी खडा गरेर वास्तविक दोषीलाई जोगाउन खोजेको भन्दै स्थानीय विरोधमा उत्रिँदा प्रहरीले चलाएको गोली लागेर बालक सन्नी खुनाको मृत्यु भएको थियो । त्यसपछि यो घटनाले सबैको ध्यान तानेको छ ।कञ्चनपुर – निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार ४३ दिन भएको छ

। तर अहिलेसम्म घटनामा संलग्न दोषीको पहिचान हुन सकेको छैन । १३ वर्षीया बालिका निर्मलाको बलात्कार र हत्याको घटनामा प्रहरीले प्रभावकारी रुपमा अनुसन्धान नगरेको आरोप लाग्दै आएको छ । प्रहरीले नै घटनामा संलग्न प्रमाणहरु नष्ट गरेको आरोप लगाउँदै स्थानीयबासिन्दाले प्रहरीको अनुसन्धानमा शंका गरेपछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित प्रहरी प्रमुखको सरुवा गरेको थियो । साथै घटनाको छानविन तथा थप अनुसन्धानका लागि भदौ ८ गते गृहका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा उच्चस्तरीय छानविन समिति गठन गरी ५ सदस्यीय टोली कञ्चनपुर पठाएको थियो । उच्चस्तरीयले टोलीले प्रहरीको प्रारम्भिक अनुसन्धानको छानविन तथा शून्यबाट अनुसन्धानल अगाडि बढाएको भने पनि घटनाका प्रमाणहरु फेला पार्न सकेको छैन । प्रहरीले घटनास्थलबाटै प्रमाणहरु नष्ट गरेकाले टोलीले प्रमाणहरु फेला पार्न नसकेको हो । ‘प्रहरीको प्रारम्भिक अनुसन्धानमा नै त्रुटी देखिएको छ’, टोलीका एक सदस्यले भने ‘घटनामा प्रमाणहरु मेटाउने काम प्रहरीबाटै सुरु भएको छ ।’

उच्चस्तरीय टोली काठमाडाैं फर्किंदै
निर्मला हत्या प्रकरणको घटनामा प्रहरीको प्रारम्भिक अनुसन्धानको छानविन तथा थप अनुसन्धान गर्न कञ्चनपुर पुगेको उच्चस्तरीय छानविन समिति शुक्रबार काठमाडौं फर्किदैछ । टोलीले घटनाको छानविन तथा थप अनुसन्धान गरी प्रतिवेदन तयार पारेर काठमाडौं फर्किन लागेको हो । टोलीलाई निर्मलाको बलात्कार र हत्याको घटनामा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको छानविन तथा थप अनुसन्धान गरी प्रतिवेदन तयार पार्न १५ दिनको समय दिइएको थियो ।भदौ ८ गते महेन्द्रनगर पुगेको टोलीले सर्वदलीय÷सर्वपक्षीय छलफल गरी ९ गतेदेखि आफ्नो काम अगाडि बढाएको थियो । टोलीले सबैको माग बमोजिम शून्यदेखि अनुसन्धान सुरु गरी घटनास्थल, निर्मला गृहकार्य गर्न गएको घरको अनुगमन तथा पीडित परिवारसँग छलफल गरेको थियो । यस्तै, निर्मलाको हत्यामा संलग्न भएको हुन सक्ने आशंका गरिएका बम दिदीबहिनी लगायत झण्डै एक सय जनाभन्दा बढीसँग सोधपुछ गरेर त्यसकै प्रतिवेदन तयार पारेको बताइएको छ ।

अनुसन्धानमा खटिएका प्रहरीलाई कारबाहीका लागि सिफारिस
निर्मलाको बलात्कार र हत्याको प्रारम्भिक अनुसन्धानमा नै प्रहरीले प्रमाण नष्ट गर्ने काम गरेकाले उच्चस्तरीय छानविन समितिले अनुसन्धानमा खटिएका प्रहरी अधिकृतसहितका कर्मचारीलाई कारबाहीका लागि सिफारिस गर्ने भएको छ । स्रोतका अनुसार प्रहरीले घटनास्थलबाटै प्रमाणहरु मेट्ने काम गरेकाले छानविन टोलीले प्रारम्भिक अनुसन्धानमा खटिएका प्रहरीहरुलाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो । टोलीको सिफारिसपछि अनुसन्धानमा खटिएका प्रहरी अधिकृत सहित झण्डै १८ जना कारबाहीमा पर्ने देखिएका छन् । छानविन समितिले कारबाहीका लागि सिफारिस गरे अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरु थुनिन सक्ने सरकारी वकिलको कार्यालयले जनाएको छ । अपराध संहितामा कुनै पनि मुद्दालाई बदलिए वा लापरवाही गरियो भने थुन्न सक्ने व्यवस्था रहेको जिल्ला न्यायाधीवक्ता खेमराज भट्टले जानकारी दिनुभयो ।

बम दिदीबहिनीको ५ दिन म्याद थप
निर्मला पन्तको हत्याको अनुसन्धानका लागि नियन्त्रणमा लिएका रोशनी बम र वबिता बमलाई फेरि ५ दिनको म्याद थप गरिएको छ । जिल्ला अदालत कञ्चनपुरले थप सोधपुछ र अनुसन्धानका लागि फेरि ५ दिन म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताउनुभयो ।यसअघि पनि अदालतले सोधपुछ र अनुसन्धानका लागि एक हप्ताको म्याद थप गरेको थियो । उनीहरुको बयान लिने काम भइरहेको छ भने अरुलाई अनुसन्धानका लागि थप ५ दिनको म्याद थप गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार रोशनी र बबिता दुबै दिदीबहिनीले निर्मलाको बलात्कारपछि हत्याकाण्डको विषयमा आफूहरु अनविज्ञ रहेको बयान दिएका छन् ।

सीआईबीको नयाँ टोली कञ्चनपुरमा
निर्मला पन्तको हत्या अनुसन्धानमा सघाउन केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले एसएसपी ठाकुर ज्ञवालीको नेतृत्वको अर्को टोली कञ्चनपुर पठाएको छ । टोलीमा डीएसपी कमल थापासहित अन्य २ जना रहेका छन् । यसअघि सीआईबीले घटनाको अनुसन्धानका लागि भन्दै डिएपसी अंगुर जिसीको नेतृत्वमा ३ सदस्यीय टोली कञ्चनपुर पठाएको थियो । निर्मलाको बलात्कार र हत्याको अभियोगमा जिसी नेतृत्वको टोलीले दिलिप सिंह विष्टलाई पक्राउ गरेपछि कञ्चनपुर प्रहरीसँगै सीआईबीप्रति पनि स्थानीयबासिन्दाले आशंका व्यक्त गरेका थिए । दिलिपलाई मुख्य अभियुक्त बनाइएपछि प्रहरी अनुसन्धान विश्वस्त हुन नसकेको भन्दै कञ्चनपुरमा प्रदर्शन चर्किएको थियो ।डिएसपीको अनुसन्धान विवादमा तानिएपछि सीआईबीले एसएसपीको नेतृत्वमा टोली कञ्चनपुर पठाएको जनाइएको छ । एसएसपी ज्ञवालीको टोलीले यसअघि सीआईबीले गरेको अनुसन्धानको अध्ययन गर्नेछ । यस्तै कञ्चनपुर प्रहरीलाई अनुसन्धानमा सघाउनका लािग संघ र प्रदेशबाट विज्ञहरुको टोली पनि आउने कञ्चनपुरका प्रहरी प्रमुख कुवेर कडायतले बताउनुभयो ।

एसपीका छोरा र मेयरका भतिजासँग सोधपुछ
निर्मलाको हत्यामा संलग्न भएको भन्ने आशंका गरिएका तत्कालीन एसपी दिल्लीराज विष्टका छोरा किरण र भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टका भतिजा आशुयमाथि प्रहरीले निगरानी बढाएको छ । प्रहरीले उनीहरुकाबारे सुक्ष्म अनुसन्धान थालेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख कुवेर कडायतले किरण र आशुयसँग सोधपुछको काम भइरहेको बताउनुभयो । उनीहरुमाथि विभिन्न कोणबाट अनुसन्धान भइसकेको बताउँदै उहाँले अहिलेसम्म नियन्त्रणमा लिएर अनुसन्धान गर्ने परिस्थिति नदेखिएको बताउनुभयो । निर्मलाको घटनाका बेला कञ्चनपुर रहेका किरण बाबुको सरुवापछि उनीसँगै काठमाडौं गएका थिए । उनलाई सोधपुछ र थप अनुसन्धानका लागि कञ्चनपुर झिकाइएको हो

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu