नाम सुन्दै अपराधि तर्सिने दबङ महिला एसपी दुर्गा निर्मला बलात्कृत स्थानमा पुग्दा जे देखियो !

कञ्चनपुर । निर्मला बलात्कार तथा हत्या प्रकरणमा वास्तविक तथ्य पत्ता लगाउन सरकारले सहासी महिला एसपी दुर्गा सिंह (चन्द) लाई खटाएको छ । उनलाई कञ्चनपुर खटाएको भोलपल्ट नै उनी कञ्चनपुर पुगिसकेकी छिन् । उनले आजै त्यहाँको बस्तुस्थिती बारे जानकारी लिएकी छिन् । अत्यन्तै साहासी र निडर अब्बल दर्जाकी प्रहरी अधिकारीको रुपमा चिनिन्छिन् ।उनी नेपाल प्रहरीको बृत्तमा भारतिय चलचित्रमा देखाइएको एक फिल्म दवङ शैलीमा काम गर्छिन भनेर चिनिन्छ । प्रहरी मुख्यालयले एसपी दुर्गा सहित केही उच्च तहका प्रहरीहरु कञ्चनपुर पठाएको छ । बालिका त्यसमापनि बलात्कृत भएको रिपोर्ट आएका कारण महिलालाई नै अनुशन्धान गर्न सहज हुने भन्दै गृहको तजवीजमा उनलाई खटाइएको हो । उनले कञ्चनपुर घटनाका पीडित तथा स्थानीयसँग समन्वय गरि अनुसन्धान प्रभावकारी बनाउनको लागि काम थालेकी छिन् ।

आजै केही भेटघाट तथा बस्तुस्थितीको जाँचबुझ, जानकारी लिने तथा केही पक्षहरुलाई भेटघाट गर्नमा उनको टोली ब्यस्त बन्यो । कञ्चनपुर घटनाका पीडित तथा स्थानीयसँग समन्वय गरी अनुसन्धान प्रभावकारी बनाउने जिम्मेवारी पाएकी एसपी चन्दका लागि यो जटिल काम हो । किनकी हत्या भएको दुई महिना पुग्न लागेको छ । तर अपराधिको अझै छेउकुना एकिन हुन सकेको छैन ।अहिलेसम्म भएका छानविनका निश्कर्ष त्यहाँ अनुशन्धानमा जो पुग्छ उसैले घटना लुकाउन खोजेको पाइएको छ । यसैले दुर्गाको यो टोलीलाईपनि निक्कै जोखिम छ । त्यहीको स्थानीय प्रहरीले घटनालाई लुकाउन सकेसम्म कसरत गरेको भन्दै धेरै प्रहरी अधिकारीहरु निलम्बनमा परिसकेका छन् । त्यतिमात्र हैन । काठमाडौबाट खटेको केन्द्रीय अनुशन्धान ब्युरो सिआईबीको टोलीले समेत घटना लुकाउन खोजेको देखिएपछि उनीहरु समेत निलम्बनमा परेका छन् ।

यसले प्रहरीलाई नै नराम्रो दाग लगाएको छ । अब उनले त्यो हिम्मत गर्नुपर्नेछ । प्रहरीका सबैभन्दा अब्बल हुँ भन्ने देखाउन र नेपाल प्रहरीको प्रतिष्ठा जोगाउनपनि अब उनले काम गर्न जरुरी छ । उनले घटनाको अनुसन्धान समिति तथा जिल्लाका प्रहरी प्रमुखलाई सकेसम्म साथ दिएर अनुशन्धान किनारा लगाउनुपर्नेछ । एसपी चन्द सो क्षेत्रको स्थानीय भएकाले पनि घटनाको अनुसन्धानमा समन्वय गर्न र पीडितलाई सान्त्वनाका लागि मद्दत पुग्ने अपेक्षा गरिएको छ । जो पुगेपछि कानै चिरेको भन्ने जस्तो भएपछि प्रहरी भन्ने बित्तिकै आक्रोशित बन्ने भिमदत्त नगरपालिकाका जनता एसपी दुर्गाको आगमनले उत्साहित भएका छन् । उनीमाथी भरोसा र अपेक्षा दुबै छ । उनी पुग्नासाथ स्थानीय नागरिक समाज, पिडित पक्ष, बुद्धिजीवी, पत्रकार, शिक्षक, कर्मचारीले स्वागत गरेका छन् । यसलेपनि दुर्गालाई सफलताका लागि केही साथ मिल्ने देखिन्छ ।

‘महिलासँग सम्बन्धित घटना भएकाले महिला प्रहरी अधिकारी खटिँदा अनुसन्धान तथा समन्वय गर्न सजिलो हुने भएकाले उनलाई कञ्चनपुर पठाइएको हो,’ प्रहरी मुख्यालय स्रोतले भन्यो । कञ्चनपुरका तत्कालीन एसपी डिल्ली विष्ट निलम्बनमा परेपछि उनको स्थानमा एसपी कुबेर कडायतले जिम्मेवारी सम्हाल्दै आएका छन् । चन्दले कडायतलाई घटना अनुसन्धानमा सहयोग गर्ने जानकारी दिइएको छ ।एसएसपी बढुवाको लाइनमा रहेकी एसपी चन्द व्यावसायिक प्रहरी अधिकारी मानिन्छन् । यसअघि दाङको प्रहरी प्रमुख हुँदा उनले त्यहाँको आपराधिक सञ्जाल निर्मूल पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । निर्मला हत्याकाण्डमा हालसम्म ५ जना प्रहरी अधिकारी निलम्बित भइसकेका छन् । डीआईजी धिरु बस्न्यातको संयोजकत्वमा बनेको नयाँ छानबिन समितिले निलम्बित प्रहरी अधिकारीको बयान लिएको छ ।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu