संविधान दिवसकै दिन पूर्वराजा ज्ञानेन्द्र शाहको सनसनीपूर्ण अभिव्यक्ति

काठमाडौं, ३ असोज । निजी भ्रमणको क्रममा पूर्वराजा ज्ञानेन्द्र शाह यतिवेला थाईल्याण्डको बैंककमा छन् । स्वदेशमा धुमधाम संविधान दिवस मनाईरहँदा पूर्वराजा ज्ञानेन्द्रले भने बैंककमा आयोजित एक भेलालाई सम्बोधन गर्दै आफू पूनः राजा बन्नेसहितको सनसनीपूर्ण अभिव्यक्ति दिएका छन् ।

उनले भारतको लोकसभाको निर्वाचनपछि नेपालमा राजसंस्था र हिन्दुराष्ट्र पूर्नस्थापना हुने दाबी गरेका हुन् । यद्धपी उनले आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने अहिलेसम्म कुरकानी नभएको स्पष्ट पारेका थिए । उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘मोदीजीसँग अहिले मेरो कुरा भएको छैन् ।’

नेपालले तेस्रो संविधान दिवस मनाईरहँदा पूर्वराजा शाहबाट यस्तो अभिव्यक्ति आउनुमा उनी राजसंस्था ब्युँताउने रणनीतिमा रहेको प्रष्ट हुन्छ । उनले आज बैंकमा नेपालीहरु सम्मिलित भेलामा वर्तमान सविधानले जनताको आधारभुत समस्या सम्बोधन गर्न नसकेको गुनासो पोख्दै आफू पूनः एकपटक राजा बन्ने उद्देश्यमा रहेकोले सबैको साथ र सहयोग चाहिएको बताएका थिए ।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu