निर्मला पन्त को हत्या गर्ने मै हु भन्दै फ़ेसबुकमा स्टाटस आयो

माफ गर्नुहोला , यो पोस्ट गर्न रहर होइन , यो जन्तु को id आफ्नै हो कि fake हो ,एस्लाई खोजी गरि प्रहरी मा उजुरी गरौ ,काठमाडौं । निर्मला हत्याकाण्डको अनुसन्धानमा नेपाल प्रहरीले बाहिरी रुपमा सक्रियता देखाइरहेको भए पनि अन्तर्यमा नेपाल प्रहरीले

नै केही तथ्य लुकाउने प्रयास गरिरहेको पाइएको छ ।निर्मलाको भजाइनल स्वाबबाट बलात्कारीको डिएनए ग्रो गर्न सफलता मिलेपछि जागेको आशा अहिले भने मर्न लागेको देखिन्छ । मानसिक रुपमा असन्तुलित दिलिप विष्ट र अर्का युवक चक्रदेव वडूको डिएनए निर्मलाको योनीबाट संकलित स्राब भजाइनल स्वाबमा पाइएको डिएनएसँग नमिलेको तथ्य प्रकाशमा आएपछि बढेको जनदवावका कारण प्रहरीले एसपी डिल्ली विष्ट, उनका छोरा किरण विष्ट र आयुस विष्टको डिएनए परीक्षणका लागि रगतको नमुना लिएको थियो ।

ती तीनजनाको मात्रै रगतको नमुना लिएर त्यो क्रम रोकेसँगै सिंगो प्रहरी संगठन कै नियतमा प्रश्न उठ्न थालेको छ । निर्मलाको हत्या भएको दिन १० साउनमा किरणसँगै होटल ओपेरामा देखिएका तेस्रो युवकको खोजीमा भने प्रहरी उदाशिीन देखिएको छ । प्रहरीले अनुसन्धानकै क्रममा अन्य तीनजना युवकलाई पनि शंकाको घेरामा राखेको थियो । तर, उनीहरुको रगतको नमुना लिइएको छैन निर्मलाको भनिएको भजाइनल स्वाब नक्कली हुने सम्भावना रहेको भए पनि अहिलेसम्म प्रहरीले जनतालाई विश्वासमा लिन त्यसबारेमा तथ्य सार्वजनिक गरेको छैन ।पोष्टमार्टममा संलग्न चिकित्सक, भजाइनल स्वाब संकलन गरी राखिएको कन्टेनरको शिलबन्दीको मुचुकल्का, त्यो कन्टेनगरमा तापक्रम सुनिश्चित हुने ग्यारेन्टी, त्यो कन्टेनर प्रयोगशालामा पठाइएको मिति र प्रयोगशालाले त्यो कन्टेनर दुरुस्त पाएको दसीप्रमाण बारे प्रहरीले तथ्य सार्वजनिक नगर्दा वातावरण आशंकापूर्ण बन्दै गएको छ ।किरणसँगै होटेल ओपेरामा देखिएका भीमदत्त नगरपालिका वडा नं। २ बस्ने बुढाऐर थरका युवक केही दिनयता वेपत्ता छन् । उनी १० साउनमा किरणसँगै होटल ओपेरा गएका थिए ।उनलाई अहिले नेपालगञ्जमा लुकाइएको सूचना प्राप्त भएको छ । मोबाइल मर्मत गरी घरखर्च धान्ने ती युवकको खोजी गरी डिएनए परीक्षण गर्न प्रहरीले अहिलेसम्म कुनै पहल गरेको छैन ।

स्रोतहरुबाट प्राप्त जानकारी अनुसार बुढाऐरलाई अपराध स्वीकार गराउनका लागि प्रयास भइरहेको छ । उनले अपराध स्वीकार गरेमा डिएनए परीक्षण विनै उनीमाथि अभियोग लगाउने योजना पनि बनेको स्रोतको कथन छ ।किरणले प्रहरीमा १० साउनमा बुढाऐर र आफू होटल ओपेरामा गएको बताए पनि अहिलेसम्म राजनलाई अनुसन्धानको घेरामा ल्याएर डीएनए परीक्षण गर्नेतर्फ प्रहरीले ध्यान दिएको पाइएको छैन ।राजन गरिब बाबुआमाका छोरा हुन् । महेन्द्रनगरमा मोबाइल पसलमा काम गरी उनले घरखर्च जोहो गर्दै आएका थिए । विगत करिब एक महिनादेखि उनी बेपत्ता रहेको उनलाई चिन्नेहरु बताउँछन् ।प्रहरीले हत्याकाण्डको आशंकामा दर्जनौं व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याएको भए पनि तीनजनाको मात्रै डिएनए परीक्षण गरी त्यो प्रक्रिया रोकिनु आश्चर्यजनक मानिएको छ । कम्तीमा बुढाऐरको खोजी गरी डिएनए परीक्षण गर्नुपर्नेमा प्रहरीले चासो नदिनुलाई पनि रहस्यमयी मानिएको छ ।

महाकाली अञ्चल अस्पतालको स्रोतका अनुसार निर्मलाको भजाइनल स्वाबको संकलन र भण्डारणमा पनि शंका गर्न सकिने केही संकेत पाइएका छन् । स्रोतले निर्मलाको भजाइनल स्वाबमैं छेडखानीकोे सम्भावना औंल्याएको छ । चिकित्सकले स्वाब संकलन गरी कन्टेनरमा राखेपछि तत्काल शील नगरिएको पनि स्रोतले बताएको छ ।स्वाब सुरक्षित राख्नका लागि आवश्यक माइनस २० डिग्रीको तापक्रमयुक्त किट पनि प्रयोग नगरिएको स्रोतको दावी छ ।बुढाऐरलाई अनुसन्धानको दायराभन्दा बाहिर राखेर लुकाइनुले रहस्य गहिरिंदै गएको छ । अर्कोतिर, डिएनए परीक्षणका लागि रगतको नमुना दिएपछि एसपी विष्ट खुल्न थालेका छन् । उनमा आत्मविश्वास बढेको झलक पाइन्छ ।अहिले उनी मिडियामा अन्तर्वार्ता समेत दिन थालेका छन् । बुढाऐरलाई पक्राउ गरी सोधपुछ गरिए वास्तविकता खुल्ने देखिन्छ । तर, अपहरणको शैलीमा बुढाऐरलाई लुकाइएको हुँदा उनको खोजी पनि कठीन बनेको प्रहरी स्रोतको कथन छ ।
मानसखण्डबाट साभार गरिएको

Share this:

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu