भर्खरै ।कञ्चनपुर मा घट्योअर्को डरलाग्दो घटना

कञ्चनपुर । लालझाडी गाउँपालिका–१ हिम्मतपुर जङ्गलमा सोमबार साँझ महिलाको शव भेटिएको छ । पहिचान खुल्न नसकेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिनुभयो ।स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शव बरामद गरी परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढी पठाएको छ ।

बारा – बारामा घाँटी रेटी एकजना महिलाको हत्या भएको छ । हत्या हुनेमा कलैया उपमहानगरपालिका १३ बलिरामपुरकी ४५ वर्षीय सियापति धोबिन रहेकी छन् ।शनिबार साँझ घास काट्न गएकी महिला राति अवेरसम्म घर नफर्के पछि खोजी गर्न परिवारले प्रहरीलाई जानकारी दिएको थियो ।आइतबार बिहान गाउँ नजिकैको उखु बारीमा घाटी रेटी हत्या गरिएको अवस्थामा मिराको शब फेला परेको थियो ।उनको शब परिक्षणका लागी अस्पतालमा राखिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu