नारायणगढ–मुुग्लिन सडकबाट आयो डरलाग्दो खबर ! सबैको जानकारी को लागि सक्दो शेयर गरौ

चितवन, असोज ७ । नारायणगढ–मुग्लिन सडकखन्डको निर्माण सकिन नपाउँदै तीन ठाउँमा भासिएको छ । ती ठाउँमा सवारी एकतर्फीमात्रै सन्चालनमा आएका छन् ।नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालकाअनुसार पछिल्लोपटक नारायणगढबाट २६ किलोमिटर दूरीमा रहेको भालुढुंगामा ७५ मिटर लामो सडक भासिएको छ ।सो ठाउँमा पाँच मिटर चौडा भासिएको हो । करिब २० सेन्टिरमिटर भासिएको छ ।सडक विस्तार गर्दा छेउपट्टीबाट पर्खाल लगाइएको थियो । फेदबाट त्रिशूलीको बहावले धक्का दिइरहेकाले भासिनुका कारण थाहा हुन सकेको छैन ।सोही सडकको १७ किलोमा ४० मिटर भासिएको छ । सो ठाउँमा वि.सं. २०६० मा ‘स्वायल रक एंकरिङ’ गरिएको थियो । एंकरिङले काम गर्न छाडेपछि भासिएको अनुमान गरिएको छ ।

सडक ६ मिटर चौडाइ र दुई मिटर गहिराइ भासिएको छ । वर्षात्को समय भएकाले अहिले नै के गर्ने भन्ने विषयमा निर्णय लिन नसकिएको बिसुरालले बताए नारायणगढबाट ८ किलोमिटरको दूरीमा रहेको भतेरीमा ५० मिटर सडक भासिएको छ । सो ठाउँमा १.५ मिटर चौडा सडक भासिएको छ ।

‘ग्याभिनवाल’ लगाएर सडक विस्तार गरिएको थियो । पर्खालसमेत लच्किएर बसेको छ । माटो भरेका कारण पुनः तलबाटै बनाउनुपर्ने सुझाव प्राविधिकले दिएका छन् ।तीनओटै ठाउँमा ठेकेदार कम्पनीको बिमा हुने भएकाले काम सुरु भएको छैन ।परामर्शदाता कम्पनीका विज्ञ समूहले सडक भासिनुका कारण अध्ययन गरिरहेको बिसुरालले बताए ।सडक निर्माणको कार्य हालै सम्पन्न भएपनि एक वर्षसम्म बिग्रे–भत्केमा निर्माण कम्पनीले नै गर्नुपर्ने हुन्छ ।सो सडकलाई तीन भागमा विभाजन गरेर ठेक्का दिइएको थियो । तीनओटै ठेकेदार कम्पनीका क्षेत्रमा सडक भासिएको हो । ती ठाउँ र भासिएका ठाउँमा एकतर्फीमात्रै सवारी गुडेका छन् । रासस

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu