अन्त त एसपी नै परे फन्दामा

काठमाडौं – कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट फस्ने देखिएको छ ।प्रहरी प्रधान कार्यालयले निर्मला पन्त हत्या प्रकरणमा संलग्न प्रहरी अधिकृतबाट गम्भीर लापरबाही भएको ठहर गरेको छ । एआइजी धिरु बस्न्यातको संयोजकत्वमा गठित छानबिन समितिले अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले गम्भीर प्रकृतिको लापरबाही भएको ठहर गरेको हो । आजको नागरिक दैनिकमा समाचार छ ।

समितिले तत्कालीन समयमा फिल्डमा खटिएका प्रहरी अधिकृतहरुले लापरबाही गर्दा प्रहरी संगठनको समेत बदनाम भएको जनाएको छ । गल्ती गर्ने अधिकृतहरुलाई कारबाही गर्न प्रहरीले कानुन शाखाका प्रहरी उपरीक्षक एसपी गणेश रेग्मीको संयोजकत्वमा छुट्टै टोली बनाएको छ अनुसन्धान पाटोमा कहाँ कमजोरी भएको हो भन्नेबारे अनुसन्धान गर्न डिएसपी रमेश थापा खटिएका छन् भने प्रविधिको अनुसन्धान गर्न डिएसपी कौशल अधिकारी खटिएका छन्। उनीहरुलाई सहयोग गर्न महानगरीय अपराध महाशाखाका प्रहरी नायब निरीक्षक गजेन्द्र रावल खटिएका छन् ।

प्रहरी प्रधान कार्यालयले उनीहरुलाई शनिबारदेखि नै काम लगाएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार तत्कालीन एसपी डिल्लीराज बिष्टले प्रयोग गरेका चारवटा मोवाइल सिम सबै थुतेर अनुसन्धान भइरहेको छ । साथै उनको पोलिग्राफ टेस्ट डिएनए परीक्षणको रिपोर्ट आएपछि मात्रै गरिने पनि स्रोतले जनाएको छ ।निर्मला पन्तलाई न्याय माग्दै देशभर दबाबमूलक कार्यक्रम भइरहँदा सरकार दबाबमा परेको छ । शुरुमा सरकारले बेवास्ता गरेपछि प्रहरी अधिकारीले मनपरी गर्ने मौका पाएका थिए ।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu