आमाले रुँदैरुँदै बुझिन १६ बर्षीय छोराको शव

असोज ९, दाङ । ५० रुपैयाँको आशामा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएका १६ बर्षका बालक कपिलराज डाँगीको शव आफन्तले १३ दिनपछि बुझेका छन् ।उचित क्षेतीपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै आफन्तले शव नबुझने अडान राख्दै आएका थिए । १३ दिनसम्म शव नबुझेपनि मागको कुनै सुनवाई नभएपछि बाध्य भएर बुझेको आमा भीमीकुमारी डाँगीले बताउनुभयो ।‘मेरो आफनो भन्ने कोही पनि रहेनछ । गरिबको सुनवाई नभएकाले मैले न्याय पाउन सकिन’– बालककी आमाले भाक्कानिदै भन्नुभयो ‘मलाई जस्तो पिडा कसैलाई पनि नहोस ।’९ बर्षअघि श्रीमानको मृत्यु भएपछि भिमीकुमारी एक छोरा र दुई छोरीलाई पालनपोषण र शिक्षा दिक्षाका लागि भन्दै माइतमा छोडेर एक बर्ष अघि विदेशमा जानुभएको थियो । छोराको मृत्यु भएपछि आमा केहिदिन अघि आउनुभएको थियो ।

शवलाई कुहाएर राख्नुभन्दा समयमै दाहासंकार गर्ने सोचले शव बुझेको आफन्तले बताएका छन् । तुलसीपुर उपमहानगरपालिका –८ कटकुईयाँ निवासी विष्णु प्रसाद भण्डारीको गोठमा गोबर फालेर हात धुने क्रममा बालक डाँगीको गत भदौ २७ गते करेन्ट लागेर मृत्यु भएको थियो ।मोटर मार्फत कुवाँबाट धारामा आएको पानीमा हातधुने जिआई पाइपमा छुइदाँ करेन्ट लागेको थियो । घर धनी भण्डारीले ५०/५० रुपैयाँ दिने भनेपछि कपिलसंगै दुई जना बालकले भैसीको गोबर फालेका थिए ।करेन्ट लाग्ने वित्तीकै करिब ५ किलोमिटरको दुरीमा रहेको अंचल अस्पताल तुलसीपुरमा नल्याएर दुई घन्टा सम्म उही राखेको भन्दै आफन्तले आक्रोश व्यक्त गरेका छन् । माध्यामिक विद्यालय अश्वारामा कक्षा १० मा अध्यनरत बालकको अन्त्यष्टिमा सयौ विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

-तुलसीपुरखबरबाट

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu