पोखराकी श्रेया बिकको बलात्कार पछि हत्या भएको पुष्टि, १६ घण्टामै हत्यारा पक्राउ

काठमाडौं । पोखरामा सोमबार साँझ मृत भेटिएकी १० वर्षीया बालिका श्रेया बिकको बलात्कार पछि हत्या भएको पुष्टि भएको छ । बिस्कुट किन्न भनेर श्रेया सोमबार साँझ घरबाट निस्केकी थिईन् । उनी साँझ अवेरसम्मपनि घर नआएपछि परिवारको सदस्यले खोजि गर्दापनि भेटेका थिएनन् । तर श्रेया मंगलबार बिहानै झाडीमा अर्धनग्न अवस्थामा मृत भेटिएकी थिइन् । उनको टाउकोमा केही चोटहरु र छेउमा ढुङ्गाहरु थिए । यो घटना भएको १६ घण्टामै अपराधि पक्राउ गर्नसफ भएको प्रहरीको दावी छ । प्रहरीले घटनामा संलग्न भएउको संकामा २७ जनालाई नुसन्धान गरेको थियो । जसमा श्रेयाका छिमेकी रहेका कुशुम पौडेलले बलात्कार पछि आफैले हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरिक्षक ओमबहादु रानाले हत्यामा संलग्नको पहिचान गरी पक्राउ गरिएको पुष्टी गरेका छन् ।मंगलबार विहान घटना सार्वजनिक भएलगत्तै वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी नविन कार्की नेतृत्वको टोली सुरुदेखि नै अनुसन्धानमा जुटेको थियो । विहान ८ बजे स्थानीयले खबर गरे बित्तिकै घटनास्थल पुगेर अनुसन्धान गरेको कार्की नेतृत्वको टोलीले मध्यरातमा अनुसन्धान पश्चात घटनामा संलग्न पक्राउ गर्न सफल भएको हो ।

कसरी भयो श्रेयाको हत्या ?

अनुसन्धान टोलिको नेतृत्व गरेका प्रहरी नविन कार्कीका अनुसार श्रेया पसलमा बिस्कुट किन्न भनेर १० रुपैयाँ लिएर गएकी थिईन् । बिस्कुट किनेर फर्कने क्रममा बाटोमा उनका छिमेकी रहेका कुशुम पौडेल रक्सी सहित अन्य लागुऔषध सेवन गरेर नसामा थिए । सुरुमा श्रेयालाई देखेर पौडेलले बोलाए । छिमेकीले बोलाएपछि बालिका श्रेया उनको नजिक पुगिन् । त्यसपछि पौडेलले १० रुपैयाँ दिए । पैसा पाएपछि खुशी बालिकालाई पौडेलले च्याप्प समाउँदा श्रेया चिच्याइन् । लगत्तै घाँटीमा समातेर झाडिमा फालिदिए । त्यति गर्दा बेहोस् बनेकी बालिकालाई उनले करणी गरे र थाहा पाउने डरले ढुंगाले टाउकोमा हानेर हत्या गरे ।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu