नयाँ तथ्य सार्वजनिक निर्मलाका बाबुको औँठाछाप

काठमाडौं, १० साउन । गृहमन्त्री रामबहादुर थापा बादलले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला हत्याको बलात्कार पछि हत्या भएको घटनामा गम्भिर तथा नयाँ तथ्य सार्वजनिक गरेका छन् । उनले सो घटनाको अनुसन्धानमा प्रहरीले गम्भिर लापरवाही गरेको भेटिएको बताएका छन् ।संसदको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा गृहमन्त्री बादलले सो घटनाका बारेमा बताएका हुन् । उनले बलात्कार र हत्या गरिएकी बालिका निर्मलाको कपडाहरु संरक्षण नगरेको भेटिएको बताए । बलात्कार र हत्याको अभियुक्त पत्ता लगाउन उनले त्यतिबेला लगाएको कपडा सबैभन्दा भरपर्दाे माध्यम हो ।

प्रहरीले नै निर्मलाको कपडाहरु जलाएको पाइएको बताएका छन् । त्यस वाहेर गृहमन्त्री थापाले अर्काे नयाँ कुरा समेत सार्वजनिक गरेका छन् । उनले निर्मलाको हत्या भएको स्थानमा उठाइएको मुचुल्कामा बाबुको भन्दै आँठाछाप लगाइएको भेटिएको पनि बताएका छन् । निर्मलाको शव भेटिए पछि साउन ११ गते प्रहरीले मुचुल्का उठाएको थियो । त्यसमा उनको बाबुको पनि औंठाछाप छ । तर उनका बाबु त्यतिबेला नेपालमै थिएनन् । निर्मलाका बाबु शव भेटिएको भोलीपल्ट साउन १२ गते मात्र भारतवाट घर आएका थिए ।निर्मलाका बाबु यज्ञराज पन्तले पनि आफूले मुचुल्कामा औंठाछाप नलगाएको बताएका छन् । आफु मुचुल्का उठाएको बेलामा त्यहाँ नभएकाले पनि मुचुल्कामा आफ्नो औंठाछाप नभएको उनको भनाई छ । उनले छोरीको दाहसंस्कार गरेको एक हप्ता पछि प्रहरीले कार्यालयमा बोलाएर अर्कै कागजमा औंठाछाप लगाउन दवाव दिएको बताए । उनले मुचुल्कामा आफ्नो नाममा आँठाछाप लगाउने ब्यक्ति को हो भन्ने आफुलाई थाहा नभएको बताए ।

शव भेटिएकै दिन ११ साउनमा प्रहरीले घटनास्थलमा भेटिएको निर्मलाको सुुरुवाल पानीमा पखालिदिएको भिडियो नै सार्वजनिक भएको थियो । सो भिडियोवाट पनि प्रहरीले घटनास्थलको संरक्षण नगरेको र उनको कपडाको पनि संरक्षण नगरेको प्रष्ट देख्न सकिन्थ्यो ।गृहमन्त्री बादलले निर्मला हत्याको अनुसन्धान कार्यमा तत्कालीन प्रहरी टोलीले लापरवाही गरेको स्वीकार गरेका छन् । उनले छानविन समितिले आफुलाई बुझाएको प्रतिवेदनका आधारमा अपराधि छिट्टै पक्राउ पर्ने बताएका छन् । उनले त्यसको मिति भने आफुले तोक्न नसक्ने बताए गृहमन्त्री थापाले घटनाको दोशीलाई पक्राउ गर्न ढिलाई भयो भन्दैमा सरकार र प्रहरीको इमान्दारीता माथि प्रश्न गर्न नमिल्ने बताए । उनले यस्ता थुप्रै घटनाका अभियुक्त पक्राउ परेकाले निर्मला हत्या घटनामा पनि अपराधि उम्कन नपाउने आश्वासन दिएका छन् ।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu