१३ वर्षीया एक बालिकालाई बलात्का बलात्कार गरेको आरोपमा एकजना युवक पक्राउ

पर्वत, १० असोज । पर्वतमा १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् ।कुश्मा नगरपालिका वडा नम्बर–२ की ती बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय २० वर्षीय विनोद नेपालीलाई प्रहरीले पक्रेको हो ।गत भदौ २७ गते राति २ बजेतिर बालिका घरमै सुतिरहेको अवस्थामा बलात्कृत भएको जनाइएको छ ।

आफ्नै घरको बार्दलीमा सुतिरहेकी बालिकालाई घरको भित्ता र खम्बा हुँदै बार्दलीमा चढेर मुख थुनेर जबर्जस्ती करणी गरेको जाहेरी सोमबार दर्ता भएपछि प्रहरीले नेपालीलाई मंगलबार पक्रेको हो ।आरोपी नेपालीलाई नियन्त्रणमा लिइ जिल्ला अदालत पर्वतबाट अनुसन्धानका लागि पाँच दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।उनकाअनुसार पीडित बालिकाको परिवारले दिएको किटानी जाहेरीका आधारमा नेपालीलाई पक्राउ गरिएको हो ।पक्राउ परेका नेपालीले आफूले बलात्कार गरेको स्वीकारी बयान दिएको प्रहरीको भनाइ छ ।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu