निर्मला प्रकरण :प्रहरिल नै सबै प्रमाण नस्ट गरेपछि झुट बोलेको थाहा पाउने मेसिन प्रहरीमा जोडियो,अब बम दिदीबैनी र एसपी बिस्टलाइ

सेयर गरौ ! निर्मला प्रकरण :प्रहरिल नै सबै प्रमाण नस्ट गरेपछि झुट बोलेको थाहा पाउने मेसिन प्रहरीमा जोडियो,अब बम दिदीबैनी र एसपी बिस्टलाइ पक्रेर अनुसन्धान एसपी दुर्गाको यस्तो अनुशन्धान शेयर गरौं कञ्चनपुर । कञ्चनपुरमा बालात्कारपछि हत्या भएकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणमा संलग्न अपराधिहरुको खोजी भइरहेको छ । तर पत्ता लाग्ने अझै कुनै लक्षण देखिएको छैन । हत्याराको खोजीका लागि कञ्चनपुरमा पीडित, स्थानीय महिलाअधिकारकर्मी तथा अन्यसँग समन्वय गरी अनुसन्धानलाई प्रभावकारी बनाउने कार्यक्रमा प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा टोली खटिरहेको छ । यता डिआईजी धिरु बस्नेतको नेतृत्वमा बनेको अनुशन्धानमा खटिएका दोषि प्रहरीमाथीको छानविन समितिलेपनि काम निरन्तर जारी राखेको छ ।तर प्रहरी तत्कालै अपराधि पत्ता लाग्ला भन्ने कुरामा विश्वस्त छैन । ‘महिला तथा बालिकासँग सम्बन्धित केश भएकाले अनुसन्धानलाई प्रभावकारी बनाउन सहज होस् भनेर महिला प्रहरीको छुट्टै टोली उता पठाईए । यतापनि गम्भीर खोजी भइरहेको छ ।’, एक उच्च प्रहरी अधिकारीले भने, ‘हामीले यो घटनाको अनुसन्धानका लागि कुनै कसर बाँकी राखेका छैनौं ।’ती अधिकारीले घटनाको गम्भिरतापूर्वक अनुसन्धान भइरहेको

बताउँदै चाँढै यर्थाथ विवरण सार्वजनिक हुने बताए । बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानमा प्रहरी अधिकारीको भूमिकाबारे अनुसन्धान गर्न गठित समितिलेपनि अहिले निलम्बित सबै प्रहरीको पोलिग्राफ परीक्षण गर्ने तयारी गरेको छ ।प्रहरी प्रधान कार्यालयले एआईजी धिरु बस्नेतको नेतृत्वमा बनाएको टोलीले निलम्बित प्रहरी अधिकारीहरु एसपी डिल्लीराज विष्ट, डिएसपी अंकुर जिसी, ज्ञानबहादुर सेठी लगायत पोलिग्राफ टेस्ट गर्ने तयारी गरेको हो । समितिका एक सदस्यका अनुसार घटनास्थलमा निर्मलाको सुरुवाल पखाल्ने प्रहरी जवान चाँदनी साउदको पोलिग्राफ परीक्षण भइसकेको छ । यद्यपि, त्यसको नतिजा बाहिर आएको छैन । यसअघि भदौ अन्तिम साता एसपी विष्ट, उनका छोरा किरण, मेयरका भतिजा आयुषको पनि डीएनए परीक्षण गरिएको थियो ।जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले स्थानीय ओपेरा होटलको सीसी टीभी फुटेज ‘रिस्टोर’ गर्नलाई केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएको छ । स्थानीयले भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्रका भतिज र एसपीका छोरा किरणमाथि निर्मला पन्त बलात्कार प्रकरणमा आशंका व्यक्त गरेपछि ओपेरा होटलको फुटेज रिकभर गर्न लागेको हो । कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेर कडायतका अनुसार घटना भएको दिन किरण त्यहाँ बसेको जानकारी आएपछि फुटेज रिकभर गर्न लागिएको हो ।
हामीले फुटेज रिकभर गर्नका लागि काठमाडौं पठाइसकेका छौं’, त्यसलेपनि के हो भन्ने केही तथ्य देखाउनेछ । प्रहरीले त्यस होटलसहित आसपास रहेका अन्य सीसी टिभीहरुको हाड डिस्क पनि रिकभर गर्न पठाएको जनाइएको छ । होटलको सीसी टिभी

स्टोरहरु १५ दिनमा अटो डिलिट हुने सिष्टममा रहेको प्रहरीको भनाइ छ । समितिले अनुसन्धानमा संलग्न १९ जना प्रहरी अधिकारीहरुको सीम कार्ड जफत गरेको थियो । जसको अध्ययनपछि शुक्रबार साँझ फिर्ता गरिएको छ । घटनामा प्रहरीले गैरजिम्मेवारपूर्ण गतिविधि गर्नु पछाडिको अनुसन्धान गरिरहेको टोलीले उनीहरुको मोबाइल अध्ययन गरेपछि फिर्ता गरेको हो । समितिका संयोजक बस्न्यात अनुसन्धान भइरहेको बताउँदै चाँडै निष्कर्षमा पुगिने बताउँछन् ।कञ्चनपुर प्रहरीका एक अधिकारीले निर्मलाको ‘स्पाइनल कर्ड’ भाँच्चिएर ज्यान गएको बताउँदै घटनामा ‘प्रोफेसनल’ व्यक्ति संलग्न भएको हुनसक्ने आशंका व्यक्त गरे । सोही आशंका निर्मलाको हत्या भएको दिन घटनास्थल नजिकै रहेको सेनाको ब्यारेकबाट निस्किएका अधिकारीहरुमाथि पनि छानबिन भइरहेको छ । त्यसदिन ब्यारेकबाट निस्किएका अधिकारीहरुको कल डिटेल रेकर्ड (सीडीआर) हेर्ने काम भइरहेको ती अधिकारीले बताए । एसपी दुर्गाको टोलीले त्यहाँका महिला अधिकारकर्मीहरुसँग निरन्तर सम्वाद गरिरहेको छ । छिमेकीसँगपनि हरेक दिन नयाँ ढंगमा कुरा गरिरहेको छ । अपराधि जसरीपनि समाउने प्रहरी हेडक्वाटरको म्याण्डेड अनुसार उनीहरु खटेको बुझिएको छ ।!

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu