नेपाल र मलेसियाबीच हुने श्रम सम्झौताको मस्यौदामा सहमति जुट्यो

काठमाडौं । मलेसिया भ्रमणमा रहेको नेपाली टोली र मलेशिया सरकारको उच्च अधिकारीहरुबीच श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ । नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै खर्च रोजगारदाता कम्पनीले व्यहोर्ने सहमति भएको हो ।

मलेशियाका लागि नेपाली राजदुत कुमारराज खरेलले कामदारको हकहित र सुरक्षाका विषयमा दुबै देशका चासो सम्बोधन भएको प्रतिक्रिया दिएका छन् । अब दुबै पक्षले आन्तरिक प्रक्रिया पूरा गरेर छिट्टै श्रम सम्झौता गर्ने सहमति भएकोसमेत राजदुत खरेलले बताएका छन् ।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu