निर्मलाको हत्यारा ज्योतिषलाई मात्रै थाहा

निर्मला हत्या प्रकरणमा गृहमन्त्री थापाले हत्यारा ज्योतिषलाई मात्रै थाहा हुने भनेपछि…
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले कञ्चनपुरकी निर्मला पन्त हत्या छानबिन नयाँ ढङ्गबाट अघि बढिरहेको बताउनु भएको छ शुक्रबार काठमाडौंमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले निर्मला हत्या अनुसन्धानमा खटिएका प्रहरीबाट सन्तोषजनक परिणाम नआएको भन्दै अनुसन्धानलाई बलियो पारिएको बताउनुभएको हो । प्रदेश नम्बर ३ की नेकपा ईन्चार्ज अष्टलक्ष्मी शाक्यको नेतृत्वमा गएका महिला अधिकारकर्मीको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले यस्तो बताउनुभएको हो ।

सञ्चारकर्मीको एक प्रश्नमा गृहमन्त्री थापाले भन्नुभयो–‘अहिलेसम्म हत्यारा को हो भन्ने बिषय नखुलेकाले ज्योतिषलाई मात्रै थाहा हुनसक्ने उहाँको तर्क थियो ।’ अनुसन्धान भइरहेकाले बिना आधार हत्यारा यो हो भन्न नसकिने उहाँको भनाइ थियो ।निलम्बित गरिएका प्रहरी अधिकारीहरुमाथि अनुसन्धान भइरहेको बताउँदै गृहमन्त्री थापाले प्रहरी संगठनलाई नै दोष लगाइ हाल्ने समय नभएको बताउनु भएको छ ।के कति कारणले घटना फितलो भयो भन्ने बिषय अनुसन्धानपछि मात्रै थाहा हुनेछ । कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख डिल्लिराज बिष्टको लापरवाहीका कारण घटना ओझेलमा परेको चौतर्फी गुनासो आइरहेका बेला गृहमन्त्री थापाले भने अनुसन्धानमा भएको त्रुटिको छानबिन गरेर मात्रै भन्न सकिने बताउनुभयो । सञ्चारकर्मीको प्रश्नमा उहाँले धेरै बोल्न चाहानुभएन । जनतासमाचार

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu