बसको ढोकाबाट खसेर सुमित्रा मृत्यु

काठमाडौँ : रामेछापमा बसको ढोकाबाट खसेर एक युवतीको ज्यान गएको छ ।रामेछापको मन्थली नगरपालिका-२ लिपेखोलामा दोलखाबाट रामेछापतर्फ आउँदै गरेको बा३ख ३२६१ नम्बरको अरनिको यातायातको बसको ढोकाबाट खस्दा सोहि नगरपालिका वडा नम्बर २ निवासी २२ वर्षीय सुमित्रा कार्कीको मृत्यु भएको हो ।बसको ढोकाबाट खसेकी उनलाई सोहि बसले ठक्कर दिंद गम्भीर घाइते भएकोमा मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि धुलिखेल लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला

प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता शेख अदालतले जानकारी दिए।कार्कीलाई ठक्कर दिने गाडीसहित चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको उनले बताए ।प्रकाशित : सोमबार, बैशाख १६, २०७६०५:१८जापान – जापानमा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बिपिन धिताल रहेका छन् । चितवन स्थायी घर भएका उनको जापानको चिबामा खाना बनाउँदै गर्दा अचानक मृत्यु भएको हो ।त्यहाका नेपालीहरुकाभनाइ अनुसार आईतबार खाना बनाउँदै गरेका धितालको अचानक मृत्यु भएको हो ।श्रीमतीसहित जापान बस्दै आएका मृत्तक धितालको शव पोष्ट मार्टमका लागि चिवाको नोदा प्रहरी स्टेशनमा राखिएको बताइएको छ ।धितालको कलेजोमा समस्या रहेको बताइएको छ । प्रहरीले उनको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने अनुमान लगाएको छ

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu