प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोखरेल माथी बम प्रहार

रोल्पा। रोल्पा जिल्लाको एक कार्यक्रममा सहभागी हुन पुगेका प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोखरेल माथी बम प्रहार भएको छ। जनप्रतीनिधि भेटघाट तथा प्रशिक्षण कर्मक्रममा गएका मुमन्त्री माथी विप्लव समुहले बम प्रहार गरेको हो ।स्रोतका अनुसार रोल्पा पुगेको पाँच मिनेट नपुग्दै उनी माथि बम प्रहार गरिएको हो । उक्त बम प्रहारबाट मानवीय क्षती नभएको स्रोतले बताईएको छ । घटनाबरे थप विवरण आउन बाँकी छ।काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका पाइलट तथा प्रवक्ता विजय लामाको लाइसेन्स सस्पेन्ड गरिदिएको छ।नेपाल एयरलाइन्सको दुबई उडान क्यान्सिल भएपछि लामाले दिएको अभिव्यक्ति

आपत्तिजनक भएको भन्दै प्राधिकरणले लामालाई स्पष्टिकरण सोधेको थियो।लामाको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै क्यानले उनको लाइसेन्स तत्कालका लागि सस्पेन्स गर्ने निर्णय गरेको हो।प्राधिकरणको सेफ्टी हेर्ने विभागले लामाले विभिन्न मिडियामा दिएको अभिव्यक्तिबाट गम्भीर सुरक्षा चासो उत्पन्न भएको भन्दै लामालाई जहाज उडान किन दिने भन्ने प्रश्न गर्दै प्रष्टिकरण साेधेको थियो।यद्यपी लामाले भने प्रवक्ताको रूपमा मिडियामा नियामक र एटिसीका बारेमा कमेन्ट गरेकाे बताउँदै आएका छन्। प्राधिकरणले लामालाई प्रवक्ताबाट नहटेसम्मका लागि जहाज उडान राेक लगाउने निर्णय गरिएको महानिर्देशक संजिव गौतमले जानकारी दिए।यस विषयमा आफूले अनौपचारिक रूपमा खबर सुनेको तर आधिकारीक नपाएको लामाले जानकारी दिए। औपचारिक जानकारी आएपछिमात्र प्रतिक्रिया दिने उनले बताए।‘म भर्खर उडानबाट आए अनौपचारिक जानकारी पाएको छु मेरो हातमा कुनै पत्र आएको छैन’ लामाले सेतोपाटीसँग भने।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu