वैशाख भित्रै विद्युतीय गाडी चल्ने जहाँ पुगे पनि २० रुपैयाँ मात्र भाडा लाग्ने

काठमाडौं । काठमाडौं उपत्यकाको चक्रपथ विद्युतीय गाडी चल्ने भएको छ । सुन्दर यातायात प्रालिले यही वैशाख भित्रै चक्रपथमा विद्युतीय गाडी संचालनमा ल्याउने तयारी थालेको जनाएको छ । नीतिगत अस्पस्टताको कारण ३ महिना देखि थन्किएको २ वटा विद्युतीय गाडी संचालन अन्तिम चरणमा पु्गेको प्रालिले जनाएको छ हाल २ वटा मात्र गाडी रहेपनि गाडी संचालन गर्ने इजाजत पाएपछि थप ११ वटा गाडी ल्याउने

जानकारी दिइएको छ । सुरुवाती चरणमा चक्रपथमा संचालन गरिने यी सवारी पछी अन्य शाखा बाटोमा पनि संचालन गरिने कम्पनीले जनाएको छ। प्रालिले चक्रपथ भित्र जहाँबाट जहाँ पुगेपनि २० रुपैयाँ मात्र भाडा लिने र विद्यार्थीलाई ५ रुपैया छुट दिने योजना बनाएको छ।भाडाको लागि कम्पनीले नगद, सुन्दर यातायात पब्लिक रिचार्ज कार्ड, एटिएम र प्रभु पे बाट तिर्न सकिने कम्पनीको भनाइ छ । गाडीमा उभिएर यात्रा गर्नेको लागि ह्याङ्गर, ६ वटा सिसि क्यामरा, जिपिएस, एसी लगाएतको सुविधा छ भने गाडी कतैपनि रोकिएर यात्रु नपर्खने र अशक्तलाई निशुल्क यात्रा गराउने कम्पनीले जनाएको छ । कम्पनीले २ करोड ५० लाख खर्चेर ७ वटा चार्जिङ स्टेसन भित्राईसकेको छ।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu