कञ्चनपुरमा फेरी विद्यार्थीको हत्या,

कञ्चनपुरमा विद्यार्थीको हत्या भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखाल स्थित महाकाली माविमा अध्ययनरत छात्र तिकल चन्दको हत्या भएको हो ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महाकाली मावि कक्षा ८ मा अध्ययनरत १३ बर्षिय बालक चन्द गएराती मृत अवस्थमा फेला परेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञान बहादुर सेठीले हल्दुखाल निवासी चन्द गाउँकै खोला किनारको झाँडीमा मृत अवस्थामा फेला परेको बताए । उनका अनुसार तीन दिनदेखि विद्यालय नगएका बालक हिजोमात्रै भयानक मृत अवस्थामा फेला परेका छन् । खेतमा घाँस काट्न गएका महिलाले गन्ध आएको थाहा पाएपछि प्रहरीलाई खबर परेका थिए । प्रहरीले गन्ध आएको क्षेत्रमा चेकचाँच गर्दा चन्दको शव कुहिएको अवस्थमा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विद्यालयका प्रअ सहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । प्रअ शेर सिह महरा, आषिश अधिकारी, विशाल चन्द, रमेश खड्का, प्रकाश थापालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । घटनालाई लिएर आफन्त र स्थानीयले शव समेत परिक्षण गर्न दिएका छैनन् । घटनाको मुख्य दोषि आशिष अधिकारी भन्दै स्थानीय र आफन्तले उनको घर घेराउ गरेका छन् ।आक्र्रोसित भिडले आशिषको गोठमा आगो लगाईदिएका छन् भने भान्सा घर तोडफोड गरेका छन् । आशिषका अभिभावकको समेत घटनामा संलग्न रहेको भन्दै स्थानीयले घटना लुकाउन खोजिएको आरोप लगाएका छन् । तिलकलाई मारेर
आशिषले घरको सेप्टिट्याङकीमा लुकाएर राखेको र पछि मात्रै घर नजिकैको झाँडीमा फालिदिएको पीडितको भनाई छ । पीडित लगायत आफन्तले अधिकारीको घर घेराउदै गर्दै दोषिलाई कार्बाही नहुन्जेल लाश नउठाउने चेतावनी दिएका छन् । विद्यालय गएका छात्र विद्यालय समय भित्रै हराएर हत्या भएको भन्दै स्थानीयले घटनाका सबै दोषिलाई कानुनी कार्बाहीको माग गरेका छन् । विद्यालयको लार्पबाहिका कारण घटना

घटेको स्थानीयको आरोप छ ।दुवै कानमा सुनका बाली लगाएका तिलकको सुन समेत छैन् । सुनकै कारण हत्या हो, या के कारणले हत्या गरेको हो ? भन्ने बारेमा प्रहरीले अनुसन्धानबाटै खुल्ने बताएको छ ।पीडित परिवार शोकाकुल भएका छन्, भने हप्तैपिछेका घटनाले स्थानीय चिन्तित बन्दै गएका छन् । स्थानीय प्रशासनले घटना स्थल र अधिकारीको घरमा व्यापक सुरक्षाकर्मी परिचालन गरेको छ ।भीमदत्तनगर । प्रहरीले गाउँ तथा नगरपालिका कार्यालयमा चन्दा असुल्ने उद्देश्यले डर धम्की देखाउने विप्लव समूह निकट अखिल नेपाल शिक्षक सङ्गठनका नेतालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले उक्त कार्यमा संलग्न अखिल नेपाल शिक्षक सङ्गठन कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष विवेकप्रसाद लम्साललाई पक्राउ गरिएको जानकारी दिए ।प्रहरीले लम्साललाई कञ्चनपुरको बेलारीस्थित हात्तीबजार क्षेत्रबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाएको छ । साथै प्रहरीले पक्राउ गर्न खटिएका प्रहरीमाथि पनि अवरोध सिर्जना गरेको जनाएको छ ।गोरखा — जन्ती आएका युवा कुटपिट घटनामा संलग्नलाई कारबाहीको माग राख्दै इलाका प्रहरी कार्यालय ठाटीपोखरी घेराउ गर्न पुगेका राइनस नगरपालिका-४ अल्काटारका स्थानीय र प्रहरीबीच बिहीबार विवाद बढ्दा स्थानीयले इलाका प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन् । उत्तेजित भीडलाई नियन्त्रण लिन चार राउन्ड अश्रु ग्यास प्रहार गरेको एसपी भोला रावलले बताए । ‘अलिअलि विवाद भएकै हो, अहिले स्थिति नियन्त्रणमा लिइसकेका छौ,’ रावलले भने बुधवार जन्ती र बेहुली पक्षबीच कुटाकुट हुँदा एक जनाको ज्यान गएपछि अल्कटारमा दुई सय भन्दा बढी स्थानीय घटनामा संलग्नलाई कारबाहीको माग

राख्दै पालुङटार आएका छन् ‘सामाजिक हार्दिकताका लागि आएका थियौँ, प्रहरीले भीडलाई साम्य पार्नुभन्दा उत्तेजना तिर लग्यो,’ लमजुङको राइनस नगरपालिका-३ का वडा अध्यक्ष समेत रहेका स्वतन्त्र हमालले भने,’घटना योजनाबद्घ घटाइयो कि भन्ने हाम्रो आशंका हो, दुलहीको घरबाट दुई सय मिटर अगाडी बस रोकेर उसैलाई तार्केट गरेर हमला हुनु नियोजित जस्तो देखिन्छ ।’घटना घटाउन योजना बनाउनेलाई कारबाही हुनुपर्ने उनीहरूको माग छ । ‘दुलही पक्षका घरको मान्छेले पनि कतिको साथ दिनुहुन्छ, बोलाएर छलफल गर्न प्रहरीलाई भनेका छौँ,’ हमालले भने घटनामा संलग्न भएको आशंकामा प्रहरीले १२ जना युवालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।यो पनि पढ्नुहोस्ः प्रकाशित : वैशाख १९, २०७६ १५:०२काठमाडौं । काठमाडौं उपत्यकाको चक्रपथ विद्युतीय गाडी चल्ने भएको छ । सुन्दर यातायात प्रालिले यही वैशाख भित्रै चक्रपथमा विद्युतीय गाडी संचालनमा ल्याउने तयारी थालेको जनाएको छ । नीतिगत अस्पस्टताको कारण ३ महिना देखि थन्किएको २ वटा विद्युतीय गाडी संचालन अन्तिम चरणमा पु्गेको प्रालिले जनाएको छ हाल २ वटा मात्र गाडी रहेपनि गाडी संचालन गर्ने इजाजत पाएपछि थप ११ वटा गाडी ल्याउने जानकारी दिइएको छ । सुरुवाती चरणमा चक्रपथमा संचालन गरिने यी सवारी पछी अन्य शाखा बाटोमा पनि संचालन गरिने कम्पनीले जनाएको छ। प्रालिले चक्रपथ भित्र जहाँबाट जहाँ पुगेपनि २० रुपैयाँ मात्र भाडा लिने र विद्यार्थीलाई ५ रुपैया छुट दिने योजना बनाएको छ।भाडाको लागि कम्पनीले नगद, सुन्दर यातायात पब्लिक रिचार्ज कार्ड, एटिएम र प्रभु पे बाट तिर्न सकिने कम्पनीको भनाइ छ । गाडीमा उभिएर यात्रा गर्नेको लागि ह्याङ्गर, ६ वटा सिसि क्यामरा, जिपिएस, एसी लगाएतको सुविधा छ भने गाडी कतैपनि रोकिएर यात्रु नपर्खने र अशक्तलाई निशुल्क यात्रा गराउने कम्पनीले जनाएको छ । कम्पनीले २ करोड ५० लाख खर्चेर ७ वटा चार्जिङ स्टेसन भित्राईसकेको छ।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu