प्रदेश २ काे काम काजको भाषा हिन्दी हुनुपर्छ – कानुन मन्त्री यादव

जनकपुरधाम। प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले यस प्रदेशमा कामकाजको भाषा हिन्दी हुनु पर्ने बताएका छन्। जनकपुरमा आयोजित १८ औं नेपाल हिन्दी राष्ट्रीय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै मन्त्री यादवले प्रदेश २ मा बोल्ने सबै भाषालाई जोड्ने काम हिन्दी भाषाले गरिरहेको बताए ।

‘प्रदेश २ मा सम्पर्क भाषा हिन्दी हुनुपर्छ भने पछि अनेक खालका टिप्पणी हुन्छ । तर मलाई डर छैन ।’–उनले भने । मन्त्री यादबले नेपालमै सबभन्दा बढी बोलिने भाषा हिन्दी भएको पनि दावी गरे । सम्मेलनका लागि प्रदेश सरकारले आर्थिक सहयोग पनि गरेको छ ।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu