टाँडी तनावग्रस्त ! : प्रहरी चौकीमा ढुंगामुढा

टाँडी तनावग्रस्त ! : प्रहरी चौकीमा ढुंगामुढा, प्रहरीद्वारा अश्रुग्यास फायर (भिडियो सहित)बिहीबार साँझ इलाका प्रहरी कार्यालय टाँडीको प्रहरी चौकीमा तनावग्रस्त भएको छ । प्रहरी कार्यालय टाँडीमा एक जनाको मृत्यु भएपछि टाँडी तनावग्रस्त भएको हो । प्रहरीले अश्रुग्यास समेत फायर गरेको छ ।मृत्यु हुनेमा पदमपुरका चौधरी थरका व्यक्ति रहेका छन् । चौधरीलाई प्रहरीले २ दिनअघि मात्र झै–झगडा गरेको केसमा समातेको थियो । आफन्तले चौधरीलाई प्रहरीले कुटपिट गरेर मारेको आरोप लगाएका छन् ।मृतकका आक्रोशित आफन्तहरुले राजमार्ग बन्द गराएर इलाका प्रहरी कार्यालय टाँडीमा ढुंंगामुढा प्रहार गर्न थालेपछि स्थिति

तनावग्रस्त बनेको हो । आक्रोशित भीडले ढुंगामुढा प्रहार गर्न थालेपछि भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्याँस प्रहार गरेको जनाएको छभीडका कारण राजमार्गमा चलने सवारी चापको कारण यात्रुहरु बिचल्लीमा परेका छन् । भीड नियन्त्रणमा आएको छैन् ।यता इलाका प्रहरी कार्यालय टाँडीका अनुसार कसैको पनि मृत्यु नभएको र आत्महत्या गर्ने कोसिस गरेको बताएको छ । आत्महत्या गर्ने कोसिस गर्ने व्यक्तिको नाम र ठेगाना प्रहरीको अनुसार फरक छ । उनको पुरानो मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीको अनुसार आत्महत्या गर्न खोज्ने कालिका नगरपालिका–१ सुर्यपुर घर भएका समिर घिसिङ रहेका छन् । यस विषयमा इलाका प्रहरी कार्यालयका डीएसपी दयानिधि ज्ञवालीसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन् । रातोपटीबाट

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu