भर्खरै गयो जापानमा ६.३ रेक्टर स्केलको शक्तिाशालि भूकम्प, दक्षिण कोरियासम्म कम्पन !

जापान ।शुक्रबार बिहान जापानको दक्षिण पश्चिम क्षेत्रमा ६.३ रेक्टर स्केलको शक्तिाशालि भूकम्प गएको छ ।जापानी समाचार संस्था एनएचके टेलिभिजनका अनुसार शुक्रवार विहान पश्चिमी जापानको क्युस्यु क्षेत्रमा ६।३ रेक्टर स्केलको भूकम्प गएको हो ।भूकम्प स्थानिय समय अनुसार बिहान ८ बजेर ४८ मिनेटमा गएको हो । भूकम्पको असर दक्षिण कोरियाको तटिय क्षेत्रसम्म परेको छ ।भूकम्पको केन्द्रविन्दु मियाजाकी प्रान्तको समुन्द्रि किनाराको २० किलोमीटर गहिराइमा मापन गरिएको छ । तर अमेरि की भौगोलिक सर्वेक्षण विभागले भने भूकम्पको परिमाण ६।४ रेक्टर स्केल मापन गरिएको छ ।

जापानी मौसम विज्ञान विभागका अनुसार भूकम्पको पश्चिमी जापानको मियाजाकी, कुमामोटो, कागोशिमा र वरपरको क्षेत्रमा ठूलो धक्का महशुस गरिएको छ ।भूकम्पको कम्पन ५ मिनेट सम्म रहेको समाचारमा जनाईएको छ ।विश्वमै धेरै भूकम्प आउने देश मध्येमा पर्ने जापानमा हरेक दिन कुनैन कुनै स्थानमा सानाखाले भूकम्पहरु गईरहन्छन् ।भूकम्पको कम्पन न्यूनतम ५ रेक्टर मापन गरिएको मौसम सम्वन्धि जानकारी हेर्ने मेटोरोलोजिकल एजेन्सीले आफ्नो वेवसाईटमा उल्लेख गरेको छ ।तर यहाँको मौसम सम्वन्धी मेटोरोलोजि कल एजेन्सीले भने सुनामीको कुनै खतरा नभएको बताएको छ । टेलिभिजनमा प्रकाशित समाचार बिहान ८ बजेर ४८ मिनेटमा गएको भूकम्पपछि कुनैपनि क्षतिको विवरण आएको छैन ।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu