छालालाई स्वस्थ्य र किशोरअबस्थाको झै राख्ने भिटामिन ए, के- के मा पाइन्छ ?

विराटनगर । मानिसहरूलाई स्वस्थ रहन भिटामिन एको महत्वपुर्ण स्थान छ । भिटामिन एले शरीरको विकाससंगै आँखा, प्रजनन र छालालाई स्वस्थ्य राख्न मद्धत गर्छ ।

भिटामिन ए विशेषगरि जनावरको मासुमा पर्याप्त पाइन्छ । जस्तै अण्डा र कुखुरा, टर्की आदी । भिटामिन ए धेरै फलफूल र तरकारीहरूबाट पुर्ति गर्न सकिन्छ । फलफूल र तरकारीहरूमा आलु, गाजर, काउली, लौका, ब्रोकोली, मुख्य रुपमा लिन सकिन्छ ।

वस्यक पुरुषलाई सन्तुलित आहार गर्दा ९०० माइक्रोग्राम भिटामिन एको आवश्यक्ता पर्छ भने महिलाहरुले भने ७०० माइक्रोग्राम भन्दा बढी यसको आहार गर्नु हुदैन् । अनुसन्धानले भिटामिन एले छालालाई कसिलो बनाउन र कोमल राख्न मद्धत गर्ने देखाएको छ । तर भिटामिनले छालाको स्वास्थ्यको लागि अन्य थप फाइदा पुग्छ कि पुग्दैन भन्ने अझै पत्ता लागेको छैन् ।

वारेन अलपर्ट मेडिकल स्कूल र ब्राउन स्कूल अफ पब्लिक हेल्थ लगायतका यूरोपका विश्वविद्यालय र दक्षिण कोरियाको सियोलको ईन्जे विश्वविद्यालयले गरेको अनुसन्धानले एक खालको छालाको क्यान्सर (स्क्वैमस सेल कार्सिनोमा)को जोखिमलाई समेत कम गर्ने निष्कर्ष निकालेको छ ।

स्किन क्यान्सर फाउन्डेसनका अनुसार,स्क्वैमस सेल कार्सिनोमा सामन्य प्रकारको छालाको क्यान्सर हो ।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu