कश्मीर भिड*न्तमा सेना सन्दीप थापाको मृ*त्यु..

श्रीनगर। पाकिस्तानी सेनाले कश्मीरस्थित भारतसँगको सीमाक्षेत्र नौसेरास्थित भारतीय सेनाको चौकीमा आ*क्रमण गर्दा भारतीय सेनाका लेसनायक सन्दीप थापा मा*रिएका छन्।

भारत सरकारले जम्मू कश्मीर राज्यलाई पुनर्गठन गर्ने निर्णय गरेसँगै पाकिस्तान र भारतबीचको सम्बन्ध बिग्रिँदै गएको अवस्थामा पाकिस्तानी सेनाले भारतीय सैनिक चौकीलाई लक्षित गरी आ*क्रमण गरेको हो ।

पाकिस्तानको आ*क्रमणपछि भारतीय सेनाले गरेको जवाफी कारवाहीमा पाकिस्तानी सेनाको सुरक्षा चौकी ध्व*स्त पारिएको भारतको दैनिक भाष्कर अखबारको अनलाइन संस्करणले जनाएको छ ।

पाकिस्तानी सेनाले यु*द्धविरामको उल्लङ्घन गर्दै बिहान साढे ६ बजे आसपास आ*क्रमण गरेको बताइएको छ । मारिने भारतीय सेनाका लेसनायक सन्दीप थापा उत्तराखण्डस्थित देहरादूनका नेपाली मूलका भारतीय नागरिक रहेको बताइएको छ ।

भारतीय रक्षामन्त्रालयका अनुसार पाकिस्तानी सेनाले मोर्टार लगायतका साना ह*तियारमार्फत भारतीय सुरक्षा चौकीमा आ*क्रमण गरेको थियो ।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu