मह जोडी भन्छन: “हजारौं निर्दोषहरु बिना कुनै गल्ती जेलमा फसिरहेकाछन्, सत्यको जीत होस्”

काठमाडौ। पत्रकार शालिकराम पुडासैनीको आ*त्मह*त्या प्रकरणमा चितवन प्रहरीको हिरासतमा रहेका रवि लामिछानेको समर्थनमा मह जोडीले आफ्नो धारणा सार्वजनिक गरेका छन्। सामाजिक सञ्जाल फेसबुमा स्ट्याटस लेख्दै महाजोडीले रविको समर्थन गरेका हुन्।

मदनकृष्ण श्रेष्ठले लेखेका छन्: “निस्पक्ष छानबिन होस ।

तैपनि रबि लामिछाने पक्राउ परेको समाचार सुनेर मलाई लागिरहेछ नेपालको जेलमा हजारौं हजार निर्दोषहरु बिना कुनै गल्ती फसिरहेकाछन् र फसाइएका छन् । कानुनको सदुपयोग गरेर पीडितलाई न्याय दिलाउन पनि सकिन्छ। कानुनको दुरुपयोग गरेर अपराधीलाई बचाउन पनि सकिन्छ।”

त्यस्तै हरिवंश आचार्य लेख्छन्:

“आ*त्मह*त्या रोज्नु आँफैमा गम्भिर बिषय हो र त्यस क्रममा कसैले कसैको नाम लिएकै करण कोही अ*पराधी ठहरिनु अझै गम्भिर बिषयको रुपमा हाम्रो समाजमा हिजो आजदेखि रहेको छ । सत्यको जीत होश ।”

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu