कसैले मोटरसाइकल पेट्रोल हाल्देर वा कसैको पैसा खाएर सडकमा आएका होइनौ – रवि समर्थक

काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता पत्रकार रवि लामिछानेको समर्थन गर्दै प्रदर्शनमा उत्रिएका रबि लामिछाने समर्थकले कसैले मोटरसाइकलमा तेल हालेर वा कसैको पैसा खाएर आफुहरु सडकमा निस्केको नभई स्वतस्फुर्त आएको बताएका छन् ।

लामिछानेको रिहाइ र प्रशासनलाई दबाबको आन्दोलन शुक्रबार देखि जारी छ शनिबार बन्द आयोजना गरेका समर्थकलाई रबि लामिछानेले बन्द नगर्न र शान्तिपूर्ण रुपमा दबाद दिन भनेपछि बन्द फिर्ता गरीएको छ ।शनिबार बिहानै देखि चितवनमा प्रदर्शन जारी बिहानै प्रहरीको एउटा भ्यान तोडफोड गरीएको थियो भने प्रहरीले अश्रुग्यास हानेको थियो रविको समर्थनमा आज रमेश प्रसाई ज्ञानेन्द्र शाही लगाए हजारौ चितवनबासी आन्दोलनमा उत्रिएका छन् ।

पत्रकार शालिकराम पुडासैनी करणमा पक्राउ परेका पत्रकार रवि लामिछानेसहित तीन जनालाई शुक्रबार जिल्ला अदालत चितवनमा पेस गरिएको थियो ।जिल्ला अदालत चितवनले रविसहित तीनजनालाई पाँचदिन हिरासतमा राखेर अनुसन्धान गर्ने समय दिएको हो । प्रहरीले लामिछानेसहित पक्राउ परेका युवराज कँडेल र अस्मिता कार्कीलाई अदालतमा उपस्थित गराएको थियो।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu