त्रिभुवन विमानस्थलमा विमान अवतरण बन्द

काठमाडौं । मौसम खराबको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण बन्द भएकाछ । लगातार भएको वर्षाका कारण काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवतरण बन्द भएको हो ।

विमानस्थलबाट उडान भने भइरहेको छ । त्रिभुवन विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीका अनुसार भिजिविलिटी नै नपुग्ने अवस्था आएपछि आन्तरिक र बाह्य उडानका सबै जहाजको अवतरण बन्द भएको छ।अवतरण बन्द भएको कारण दिल्लीबाट आएका नेपाल एयरलाइन्स र इण्डिगोले आकाशमै फन्को लगाइरहेको जनाइएको छ ।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu