युवकले नारायणीमा हाम फाले युवती चिच्याउदै

काठमाडौं । भरतपुर स्थित नारायणी पुलबाट हामफालेर एक युवक बेपत्ता भएका छन्।

भरतपुर महानगरपालिका–११ का २५ वर्षीय उद्धार पौडेल पुलबाट हामफालेर बेपत्ता भएको र खोजी कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। ती युवकले विहान साढे १० बजे पुलबाट बाढीसँगै उर्लेको नदीमा हाम फालेका थिए।

उनले किन र के कारणले हाम फाले भन्नेबारे नखुलेको प्रहरीले जनाएको छ । उनले हामफाले लगत्तै त्यही एक युवती आएर चिच्याउदै रोएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

केहि समय अघि दुई युवतीले समेत नारायणी पुलबाट हाम फालेर बेपत्ता भएका थिए ।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu