रवि लामिछानेका साँचीको बकपत्र आजदेखि

चितवन,५असोज/
जिल्ला अदालत चितवनमा पत्रकार शालिकराम पुडासैनी मृ त्यु प्रकरणको बकपत्र आजदेखि सुरु हुने भएको छ ।

घटनाको मुचुल्का बनाउने क्रममा रहेका साँची र जाहेरबालाको बकपत्रका लागि आज रबि सहित तीनै जना अदालत उपस्थित हुने जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिए । पुडासैनी आत्म ह त्या प्रकरणमा रवि लामिछाने ५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

उनसिंगै पक्राउ परेका युवराज कँडेललाई ३ लाख रुपैयाँ धरौटी तोकिएको थियो भने नर्स अस्मिता कार्कीलाई भने साधारण तारेखमा जिल्ला अदालतले भदौं ९ गते रिहा गरेको थियो ।
पुडासैनी चितवनको एक होटलको कोठाभित्र झु ण्डिएको अवस्थामा फेला परेका थिए । उनले मोबाइलमा भेटिएको भिडियोमा पुडासैनीले आफ्नो मृ त्युको कारण लामिछाने, कँडेल र कार्की भएको बताएपछि प्रहरीले तीनै जनालाई साउन ३० मा अनुसन्धानको लागि पक्राउ गरेको थियो ।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu