भ्रष्ट लुटेरा ओलि र प्रचण्ड भन्दै पुत्ला दहन

डडेल्धुर । डडेल्धुरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ ।

आइतबार बिहान नेपाली कांग्रेस डडेल्धुराले प्रधानमन्त्री ओलीविरुद्ध सदरमुकाम बागबजारमा नाराबाजी गर्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।

जिल्ला सदरमुकामको भीमदत्त चोकको बीच सडकमा प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डको समेत पुत्ला दहन गरिएको हो । पुत्ला दहन कार्यक्रममा भ्रष्ट सरकार मुर्दावाद भन्दै नारा लागाइएको थियो ।

नेपाली कांग्रेसले जागरण अभियानका क्रममा बाँकेमा जिल्ला सभापति किरण कोइराला लगायतका कांग्रेस कार्यकर्तामाथि भएको आक्रामणको बिरोधमा ओली र प्रचण्डको पुत्ला दहन गरिएको नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले जानकारी दिए ।

घटनाका दोषीलाई कडाभन्दा कडा कारवाही गनुपर्ने उनको माग छ । उनले सभा भइरहेको ठाउँमा चोरेर आक्रमण गर्नुभन्दा स्थान तय गरेर आफूहरु नेकपासँग लड्न तयार रहेको बताएको छ

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu