‘नागरिक सहायता कक्ष’ शुरु

काठमाडौं– सरकारले यात्रुको टिकटसम्बन्धी कुनै पनि समस्या पर्दा समाधानका लागि विभिन्न स्थानमा ‘नागरिक सहायता कक्ष’ शुरु भएको छ । काठमाडौँ उपत्यकामा टिकट काउन्टर रहेका स्थानमा कक्ष शुरु भएको यातायात व्यवस्था विभागले जनाएको छ । आइतबार अग्रिम टिकट शुरु भएपछि सोही दिनबाट नयाँ बसपार्कमा सहायता कक्ष शुरु गरिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । आजबाट कलङ्की र बल्खुमा कक्ष शुरु भएको छ ।बुधबारबाट थप १४ स्थानमा कक्ष शुरु गर्ने योजना रहेको विभागले जनाएको छ । यात्रुका गुनासो सुन्ने र सोही स्थानबाट सहयोग गर्ने उद्देश्यले कक्ष शुरु भए पनि अहिलेसम्म खासै समस्या नआएको उनले बताए । उनले भने, ‘धेरै ठाउँमा कक्ष खोलिएपछि गुनासो आउन सक्छ ।’यात्रुले टिकट काउन्टर पुगेको दुई घण्टाभित्रमा टिकट काटिसक्ने गरी व्यवस्था मिलाइएको महानिर्देशक हमालले बताए । नयाँ बसपार्कमा पहिलो दिन धेरै भीडभाड भए पनि अहिले भीड कम भइसकेको छ । विभागले दशैँ लक्षित गरेर अनुगमनलाई तीव्र बनाएको बताइएको छ ।

काठमाडौँ । मासुका लागि तराई मधेसबाट ल्याइएको एक राँगोले वितण्डा मच्चाएपछि मङ्गलबार बिहान प्रहरीले गोली हानेर मारेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले उक्त राँगो मारेको हो ।राँगोले वितण्डा मच्चाउन थालेपछि नियन्त्रणमा लिन न्यूरोडको खिचापोखरीमा घेरा हालेर प्रहरीले मार्नुपरेको जनसेवाका प्रमुख डीएसपी बासु पाठकले जानकारी दिए विष्णुमती करिडोर नजिकै राँगो काट्ने स्थान बधशाला छ । डीएसपी पाठकका अनुसार तराईबाट ल्याइएको राँगो विष्णुमती करिडोरबाट रन्थनिएर भागेको हुनुपर्छ । राँगो छट्पटिएर भाग्ने क्रममा तीन जना सामान्य घाइते समेत भएका छन् भने एक ट्याक्सीमा समेत क्षति पुगेको छ ।प्रहरीका अनुसार नजिकिँदै गरेको दशैंको लागि राँगो तराईबाट काठमाडौं ल्याइएको हो यसअघि पनि काठमाडौँमा राँगाले वितण्डा मच्चाउँदै आएका थिए । २०७५ फागुन ११ गते राँगोले वितण्डा मच्चाउँदा चन्द्रगिरी नगरपालिकामा २ जनाको मृत्यु भएको थियो ।

त्यसबेला आक्रमण गर्ने राँगोलाई प्रहरीले दहचोक पुर्याएर मारेको थियो । राँगोको आक्रमणबाट ७० वर्षीय मानवीर महर्जन घटनास्थलमै मृत्यु भएको थियो भने नायब सुब्बा सानुकान्छा श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको थियो ।यस्तै २०७१ मंसिर १५ गते राजधानीको बुद्धनगरस्थित हृयाम्स अस्पताल भित्र भैंसी पसेर वितण्डा मच्चाएको थियो । २ घण्टासम्म पनि भैंसीलाई समात्न नसकेपछि प्रहरीले भैसीलाई गोली हान्नुपरेको थियो ।त्यतिबेला अस्पतालभित्रै भैंसी दौडिएर ओपीडी कक्षमा प्रवेश गरेपछि बिरामी र कुरुवाहरुको भागाभाग भएको थियो ।यस्तै २०७३ असार ९ गते एउटा राँगो त्रिपुरेश्वरबाट मच्चिदै सुन्धारातर्फ दौडियो । राँगो अनियन्त्रित तबरले भागेको देखेपछि पैदलयात्रीहरुको भागाभाग नै भएको थियो । त्यतिबेला एक दर्जनभन्दा बढी पैदलयात्रुलाई राँगोले हानेर घाइते बनाएको थियो ।

किन हुन्छ राँगो आतङ्क ?
काठमाडौँमा मासुको प्रयोगका लागि उपत्यकाबाहिरबाट दैनिकजसो रागाँभैसी ल्याउने गरिन्छ । प्रहरीका अनुसार थानकोट नाकाबाट मात्रै दैनिक १०० वटा भन्दा बढि राँगाभैसी उपत्यका भित्रिने गर्छन् ।दशैंको बेला तराइबाट अन्दाजी १५ वटा ट्रकभन्दा बढीमा राँगाभैसी भित्रिने र अरुबेला ८,९ वटा ट्रकमा दैनिक राँगाभैसी भित्रिने गरेको महानगरीय प्रहरी प्रभाग नाङढुङ्गाका प्रमुख इन्सपेक्टर ज्ञानबहादुर खड्काले बताए । इन्सपेक्टर खड्काले भने, ‘एउटा ट्रकमा १६, १७ वटा राँगाभैसी अट्ने गर्छ । सोही आधारमा दशैंको बेला २५० वटा राँगाभैसी उपत्यकामा भित्रिने गर्छ । अरुबेला १०० वटाभन्दा बढी भित्रिने गर्छ ।’ट्रकमा कोचेर जथाभावी रुपमा ल्याइने राँगाभैसी कालिमाटीस्थित विष्णुमति करिडोरमा ल्याएर झारिन्छ । झार्ने क्रममा ति रागा भैसी भाग्न खोज्छन् ।तराइदेखि रन्थनिएर आएको राँगो शहर पसेपछि आतंक मच्चाउने गरेको व्यापारीहरु बताउँछन् । मुम्बई –अभिनेता सैफ अली खान अभिनित फिल्म ‘लाल कप्तान’को ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा सैफ नागा साधु अवतारमा देखिएका छन् । जुन अवतारमा सैफ पहिलो पटक देखिएका हुन् ।१ मिनेट २२ सेकेन्डको

ट्रेलरमा सैफ निकै खतरनाक र निर्दही देखिएका छन् । ट्रेलरमा अभिनेत्री सोनाक्षी सिंहाको आवाज पनि सुन्न सकिन्छ ।ट्रेलरको सुरुवात एक दमदार डाइलगबाट गरिएको छ । ट्रेलरमा सैफले बोलेका छन् ‘मानिसको जन्म हुने बितिकै काल आफ्नो भैसीमा चढेर उनलाई लिन हिड्छ । मानिसको जिन्दगी त्यति हुन्छ । जति समय त्यो भैसी उसँग आउन समय लाग्छ ।’ फिल्ममा सैफले भुत बनेर मानिसलाई डराउने छन् फिल्मको कहानी १७८० दशको राजस्थानको पृष्ठभुमिमा आधारित रहेको छ । फिल्ममा सैफले एक असफल नागा साँधुको भुमिका निर्बाह गरेका छन् । जो बदलिन चाहन्छ ।फिल्ममा सैफको अलवा जोया हुसेन, दीपक डोबरियाल, मानव विज जस्ता स्टारको समेत अभिनय रहेको छ । फिल्मको निर्देशक नवदीप सिंह हुन् । १८ अक्टोबर रिलिज मिति तोकिएको फिल्म आनन्द एल रोय र इरोज नाउले निर्माण गरेका हुन् ।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu