कोही बिरामी कपडा नै नलगाई बसिदिन्छन् बिमा शेरचन, नर्स

बिमा शेरचन, नर्स, अर्किड केयर होम्स मैले मुस्ताङबाटएसएलसी पास गरेँ। मेरी आमा पनि जिल्लामै स्वास्थ्य स्वमंसेविका भएका कारण मैले ८ कक्षा पढ्दादेखि नै भविष्यमा नर्स बन्छु भन्ने सोच बनाएकी थिएँ।एसएलसीपछि मैले दुर्गम कोटामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नाम निकालेर पिसिएल नर्सिङ कोर्स पूरा गरेँ। पढाइ सकेपछि मैले सुरुमा काठमाडौँमा इजी क्लिनिक मार्फत चार महिना होम केयरको काम गरेँ। त्यसपछि डेढ वर्ष चिरायु अस्पतालमा बिताएँ। चिरायुसँगै मैले अर्किड केयर होममा ‘जेरियाट्रिक नर्स’का रुपमा काम सुरु गरेको हुँ।अन्य नर्सिङ केयरभन्दा जेरियाट्रिक केयर संवेदनशील र चुनौतीपूर्ण छ। तर, अशक्त र वृद्धवृद्धाको सेवा गर्न पाउँदा आनन्द लाग्छ। अर्किड केयर होममा धेरै किसिमका बिरामी आउँछन्। पक्षघात, प्रौढ अवस्थाका मानिस, डिमेन्सिया, अल्जाइमर्स, उच्च रक्तचाप, मधुमेह मात्र होइन केही अन्तिम अवस्थाका बिरामी पनि आउने गर्छन्।यस्तो अवस्थाका बिरामीका लागि चिकित्सकको निगरानी निरन्तर नहुने भएकाले सबै जिम्मेवारी आफैँले लिएर काम गर्नुपर्ने हुन्छ। बिरामीको हेरचाह गर्दा सामान्य लापारबाहीले पनि ठूलो नोक्सानी निम्त्याउन सक्छ।

प्रौढ अवस्थाका मानिसको व्यवहार बच्चाको जस्तै हुन्छ। अधिकांश कान नसुन्ने, आँखा नदेख्ने, गरेको काम र बोलेको कुरा बिर्सिने समस्याले ग्रसित हुन्छन्। डिमेन्सिया र अल्जाइमर्स भएका बिरामीलाई त एकैछिनअघि औषधि वा अन्य केही कुरा सम्झाएर गयो भने एक्कैछिनमा बिर्सिसकेका हुन्छन्। यस्ता बिरामीलाई कसरी हेरचाह गर्ने भन्नेबारे जेरियाट्रिक नर्सहरु एकदमै सजग र सावधान रहनुपर्छ।जेरियाट्रिकमा आफैँलाई सम्हाल्न नसक्ने बिरामीहरुलाई खुसी पार्दै हेरचाह गर्ने, औषधि दिने, अक्सिजनको स्याचुरेसन हेर्ने, स्वास्थ्यमा सुधार भए÷नभएको विचार गर्ने जस्ता धेरै काम नर्सले गर्नुपर्ने हुन्छ।कोही बिरामी कपडा नै नलगाई बसिदिन्छन्, कोही केही कुरा सोध्नेबित्तिकै रिसाउँछन्, कोही औषधि लिनै मान्दैनन्। यस्तो बेला म आफ्नै हजुरबुबा–हजुरआमालाई सम्झिन्छु र आफूलाई
संयम बनाई बिरामीको सेवा गर्छु।अन्य अस्पतालमा नर्सले दिने सेवा र जेरियाट्रिकमा दिने सेवामा केही भिन्नता हुन्छ। जेरियाट्रिकमा काम गर्ने नर्ससँग निम्न विशेषता हुनुपर्छ भन्ने मैले महसुस गरेको छु।१.सहनशिलता हुन त सबै पेशामा सहनशील हुनु पेशाकर्मीका लागि फाइदाको कुरा हो। अझ नर्स पेशामा सहनशीलता प्रमुख विशेषतामा पर्दछ। त्यसमाथि जेरियाट्रिकमा सहनशक्ति नभएका नर्सले काम गर्नै सक्दैनन्। गरे पनि उचित सेवा दिन सक्दैनन्।

कुन बिरामीसँग कस्तो व्यवहार गर्ने ? बिरामी झर्किंदा कसरी प्रस्तुत हुने ? जस्ता प्रश्न सामना गर्न आफूलाई तयार राख्नुपर्छ। बिरामी वा बिरामीका आफन्तले झर्कोफर्को गर्दा पनि आफू नम्र र शान्त बन्न सक्नुपर्छ।२. माया हरेक बिरामीलाई आफ्नोपन दिन सके मात्र यो पेशामा रहनुको सार्थकता हुन्छ। बिरामी जुनसुकै अवस्थाको होस् हामीले माया गरेर सेवा दिनुपर्छ। बिरामीको व्यवहार असैह्य नै किन नहोस् हामीले हरपल मुहारमा मुस्कान ल्याउन सक्नुपर्छ। यो हेरचाह गर्ने ठाउँ भएकाले हामीले बिरामीलाई घरमा जस्तो अनुभूति दिन सक्नुपर्छ।३.अनुभव जेरियाट्रिक नर्सिङ केयरमा मात्र होइन हरेक क्षेत्रमा अनुभवि मान्छेको खोजी हुने गर्छ। जेरियाट्रिक नर्सिङ केयरमा त झन् चिकित्सक समेत नहुने भएकाले हरेक बिरामीको हेरबिचार कसरी गर्ने भन्नेबारे सचेत र अनुभवी हुनुपर्छ।कुन बिरामीलाई कतिखेर औषधि दिने, कुन औषधिको असर कस्तो पर्छ, कुन बिरामीलाई कस्तो खाना खुवाउने, सरसफाइमा कस्तो ध्यान पु¥याउने भन्ने बारे अनुभव र ज्ञान हुन जरुरी छ।४. सेवाभाव नर्सिङ केयर सेवा जोडिएको पेशा हो। हामी नर्स मात्र हौँ भन्दा पनि सेवक हौँ भन्ने कुरा सबैले बुझ्न जरुरी छ।५. सरसफाइ जेरियाट्रिकमा वृद्ध अवस्थाका र अशक्तहरु नै आउँछन्। धेरैमा शरीरमै दिसा–पिसाब छोड्ने, खाना खान नसक्ने, लुगा लगाउन नसक्ने लगायत समस्या हुन्छन्। यस्ता बिरामीको सरसफाइमा घिन र दिक्क मान्नु हुँदैन। सरसफाइमा ध्यान नदिँदा बिरामीमा संक्रमण फैलिन सक्ने सम्भावना हुन्छ।बिरामीको सरसफाइ मात्र होइन आफ्नो सरसफाइमा पनि उत्तिकै ध्यान दिनुपर्छ। एउटा बिरामीको संक्रमण अन्य बिरामीमा फैलिन सक्ने भएकाले सरसफाइलाई प्रमुख प्राथमिकतामा राख्नुपर्छ।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu