डाक्टर चित्र भित्रकी साहासी पुजा

आधारभुत स्वास्थ्य सेवाबाट बञ्चित जनताको सेवामा निस्र्वाथ भावले सर्मपीत डा.चित्र वाग्लेको बारेमा उनी क्यानसरको बिरामी भएपछी मात्र थाहा पाएकी थिए । उनले पाल्पा र अर्घाखाचीमा विशेस स्वास्थ्य सेवा प्रदान गरेका थिए । सरकारी जागीरको लामो समय १३ वर्ष उनी अर्घाखाची जिल्ला अस्पतालको सेवा सुविधा विस्तार र गुल्मी, प्युठान, अर्घाखाचीका जनताका स्वास्थ्य सेवामा निरन्तर खटेका थिए । रमाइलो कुरा त के छ भने पहिलो पटक सरकारी जागीरे भएका उनी पोखराको लागि गरिएको सिफारीस अस्वीकार गर्दै अर्घाखाची पुगेका थिए । यस्ता राष्ट्र«सेवक कमै भेटीन्छन यहाँ । तर विधीको विडम्वना नै मान्नुपर्छ ४७ वर्षकै अल्पआयुमा हामी सबैले डा. चित्र लाई गुमाउनु प¥यो । बिरामीको सेवामा सर्मपित उनी आफु क्यानसर रोगी भएको पत्तै पाएनन । डा.चित्र बीरामी परेपछि राष्ट्रिय मिडीयाहरुले उनको योगदानको कदर गर्दै चर्चा अगाडी बढाएका थिए ।जस्ले उनको सेवाभावलाई धेरैको मनमा पुराउन सहयोग पुराएको थियो । मैले पनि डा. चित्रलाई मिडिया मार्फत नै चिन्ने र बुझने अवसर पाएकी हु ।

राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराइरहँदा सकी नसकी डा. चित्रले लेखेको डायरी “म को हुँ” र उनको मृत्यु पछि पत्नी पुजाले उनीसगँ बिताएका अमुल्य पलहरु समेटेर “नसोध यी आखाँबाट कति चोटि बग्यो पानी” भनेर लेखेको स्मरण संगालेर फीनीक्स प्रकासनले २०७२ मै डाक्टर चित्र नामक किताव प्रकाशन गरेको छ । पढ्ने अति इच्छा हुँदाहुँदै पनि पढ्न नपाएको किताब हातमा पर्दा एक दिन मै पढेर सिध्याएँ । किताव पढिसक्दा डा. चित्रको उत्कृष्ट सेवाले जति मेरो मन छोयो त्यसभन्दा बढी भावविह्ल त पत्नी पुजाले डा. चित्रप्रति देखाएको प्रेम र सर्मपणले बनायो । शब्द शब्दले मुटु नै छुनेगरी व्यक्त उनका भनाईहरुले मलाई कम्ती रुवाएन । मध्यम वर्गिय परिवारमा जन्मीएर बुवा आमाको न्यानो मायासगै हुर्केकी चञ्चले स्वभावकी केटीमा यती धेरै हिम्मत, साहास र सर्मपण कहाँबाट आए होला । कुन शक्तिले उनलाई प्रेरीत गरीराखेको होला सबै समस्यासग एकैचाटी जुध्न र उनलाई साथ दिन ।

पुजासगँ सामान्य भेटघाट मेरो २०५५ सालतीर बुटवलमा भएको थियो । उनी मेरो बहिनीको कलेजकी सिनीयर विद्यार्थी हुन । एकै भेटमा मैले उनलाई नजिकबाट बुझन पाएकी थिइन । हेर्दा सुन्दर र सरल भनी लागेको हो । पछी डा .चित्रसँग भएको विवाह र उनको सर्घषको बारेमा म बेखवर थिए ।उनको रहरलाग्दो जीवनमा एकपछी अर्को गर्दै आएको ब्रजपात र त्यसलाई हासी हासी पचाइदिएको प्रसङ्गले डा. चित्र पढीरहदा मलाई भने निसास्सिनबाट रोक्दै रोकेन । सरल भाषामा लेखिएको जीवनका कटु यर्थातता पढदा  । उनले दैनिक पुजा गरेका भगवान प्रति नै दया जागेर आयो, उनीहरु बीचको

यती उत्कृष्ट प्रेम र सर्मपणको अगाडी किन उनले पुजालाई जीताउन सकेनन भनेर प्रतिप्रश्न गर्न मन लाग्यो । प्रकृतिको निर्मम कठोर निर्णय प्रति घृणा जागेर आयो ।छोरा अंकितको शारीरिक अवस्थावाट थिचिएकी पुजा सकिनसकी जीवनमा रङ भर्दै थिइन तर उनको जीवनमा बज्रपात नै प¥यो डा. चित्रको अनायस बिरामी र लाखौ कोसीस गर्दा पनि सबैका प्रिय डाक्टरको मृत्युवरणले । छोटो समयमा सफल सहयोगी डाक्टर र उत्कृष्ट मानवको दर्जा डा. चित्रले प्राप्त गरेका छन । उनको जीवनलाई सार्थक बनाउन पत्नी पुजाको सहयोग र साथ उत्तीकै अहम छ । धेरै नेपाली महिलाहरुले जस्तै उनले पनि श्रीमानको सफलतालाई आफनो ठान्दै डा. चित्रलाई सफल र असल राष्ट्रसेवक बनाउन चाहन्थीन । त्यसैले आफना नीजी सपनाहरु बीचमै छोडेर उनको पछी लािगन र उनका सफलता र खुसीसगँ आफुलाई साटीन । त्यही सर्मपण र प्रेमले नै उनलाई लेखक बनाएछ ।

व्यवस्थापनकी बिधार्थी पुजा साहित्यमा राम्ररी पसेकी छन । हामी आम पाठकको लागि बलीयो खुराक प्रदान गरेकी छन ।साहित्वको विभिन्न पाटोको विषयमा मलाई धेरै ज्ञान त छैन । एउटा सामान्य पाठकको हिसाबले मैले पढेका र राष्ट्रिय स्तरका पुरस्कार जितेका कैयो कृति भन्दा उत्कृष्ट छ उनको लेखाई । सरल शैलीमा अति मिठो पाराले प्रस्तुत भएकी छन । कलममा मसी नभरी आँशु भरेर लेखेको भएर पो हो की ? कसरी लेखीहोलीन उनले आफनो जीवनको यस्तो तितो टर्रो यर्थाततालाई । कसरी समाती होलीन कलम र कपी आफनो मुटु चुडेको पीडालाई ओकल्न । पीडाले नै बल प्रदान गर्दो रहेछ क्यारे । डा. चित्रको उपचारमा कही कतै कमी राख्न खोजीनन । सम्पत्ति त के आफु नै बेचिन तयार थिइन उनको खुसीको लागि । उनलाई खुसी पार्न आफनो भक्कानिएको मन र आँखाबाट चुहीन लागेका आँसु रोकेर मुस्कुराएको प्रसंगले मलाई साच्चै चिमट्यो । धरधरी रुवायो । पटक पटक किताव फालेर बस्ने बनायो । अझ मन भारी भएको बेला बाथरुममा पुगेर धारा खोली रुने र बाहीर निस्केर मुखमा क्रिम दली फ्रेस देखिने प्रसङ्ग पनि कम प्रेरणादायी छैन । महिलाहरुको सहनशीलताको अनुपम उदाहरण ।

अहिले मानिसहरु धेरै मानसिक दवावमा छन । इच्छा चाहाना पुरा गराउन गलत बाटो अपनाइरहेका छन । पद र पैसाका लागि आफैलाई बेच्न तयार छन । इमान्दारीता, त्याग र सर्मपण जस्ता शब्दहरु शब्दकोषमै सिमित बन्न थालेका छन । पैसा र पद प्राप्तीको लागि मान्छे दौडीरहेको छ । पैसाको अगाडी अरु सबै फिका साबित हुन थालेका छन । सुशासन हराउँदै गएको छ । भष्ट्राचारले जरा गाडदै गएको छ । छानवीनका नाममा गरीने अनुसन्धानहरु दिनप्रतिदिन फितला देखिएका छन । पँुजीवादको यस्तो प्रतिष्प्रर्धामा आफुलाई हिँडाउन नसक्ने र कमजोर मनस्थिति बोकेका धेरै मानिसहरु मानसिक रोगी भएका छन । गुल्मी अर्घाखाँचीमा मानसिक समस्या र आत्महत्याको दर पनि बढी छ । इमान्दारीतापूर्वक प्राप्त धन र उपलब्धीले मान्छेको मन सन्तुष्ट हुन सकिरहेको छैन । यस्तो बेलामा हामी सबैले एकपटक डाक्टर चित्र पढनै पर्छ र यस भित्रकी सरल,सुन्दर र कर्तव्यनिष्ट पुजालाई आत्मसात गर्नुपर्छ ।

राजीव गान्धी क्यान्सर अस्पतालकै बेडवाट चित्रले आफ्ना दुई छोरीहरु आषिका र आरुषीलाई लेखेको पत्रमा उनको विचार स्पष्ट पारेका छन । ‘छोरीहरु तिमी डाक्टर , इन्जिनियर , हाउस वाइफ जे भएपनि असल नागरिक बन र देशको सेवा गर’ भन्ने भनाइले नै उनको सोँच छर्लङ्ग पार्दछ । मान्छे पदले होइन इमान्दारीता र सेवाले नै सफल बन्छ भन्ने कुरा उनले कति राम्ररी मृत्युपुर्व नै थाहा पाएका हुन । धेरै कमले मात्र थाहा पाउँछन मसानघाटमा जानुपुर्व । त्यसैले त डा चित्र अमर छन हामी सबैका मनमा ।

जीवनप्रतिको सोचलाई परिवर्तन गर्न साहित्यका अन्य विधाले भन्दा जीवनीले मानिसलाई प्रत्यक्ष प्रभाव पार्दछ । मलाई सबभन्दा बढी मनपर्ने विधा पनि जिवनी नै हो । किनकी त्यहाँ वास्तविक जीवन हुन्छ । पहिलो पटक म साहित्यकार झमक घिमिरेको जीवन काँडाका फूल पढेर निकै प्रभावित भएकी थिएँ । उनले जीउन गरेको सर्घष र पाएको सफलताले निकै उत्प्रेरीत गरेको थियो । मनमा कहिलेकाहीँ आउने निराशालाई कम गर्न औषधी नै सावित भएको थियो । आज दोस्रो पटक पुजाको प्रेम, सर्मपण र आत्मविश्वासले मलाई तानेको छ । जगाएको छ । जीवन हार्नको लागि होइन समस्यासँग जुधेर बाँच्नको लागि हो भन्ने बोध नजिकबाट गराएको छ ।

डा. चित्र त हामि बीच छैनन । छन त केवल उनका यादहरु । गरीब असाहायलाई लगाएका असंख्य गुनहरु । यती बेला हामीले उनको उत्कृट सेवालाई सम्झेर हृदय देखि सम्मान व्यक्त गर्नु शिवाय अरु के गर्न सक्छौ र ? तर डा .चित्रमाथि सम्मान व्यक्त गर्न र उनी जस्तै असल नागरिक राष्ट्रसेवकको रुपमा जन्मीराखुन भन्नको लागि आफ्ना सबै इच्छा चाहाना, र आवश्यकताहरुलाई जवरजस्त मनभित्र दबाएर डा.चित्रको सपना र सन्तानहरुको खुशीका लागि सर्घषरत उनकी प्रिय पुजालाई माया, सदभाव र सहयोग गर्नु हामी सबैको कर्तव्य हुनेछ ।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu