फेसबुकमै यस्तो लेखिन पशुपति समशेर राणलाई कोमल ओलिले

नेता पशुपति शम्शेर जबराले राष्ट्रिय प्रजातन्त्र पार्टी फुटाएर राप्रपा प्रजातान्त्रिक पार्टी गठन गरेका छन्। आइतबार जबराले गठन गरेको राप्रपा प्रजातान्त्रिकमा तीन प्रत्यक्ष निर्वाचितसहित १९ सांसद र झण्डै ७० केन्द्रीय सदस्य पनि गएका छन्। निर्वाचन आयोगमा दल दर्ता भएपछि संसदमा राप्रपाभन्दा ठूलो पार्टी पनि बन्नेछ राप्रपा प्रजातान्त्रिक ।
राप्रपा विभाजनपछि अध्यक्ष कमल थापाले पार्टीलाई ठूलो चोट पुगेको र जबराजस्तो नेताले पार्टी फुटाउनु होला भन्ने आफूले कहिल्यै नसोचेको पनि बताएका थिए। त्यसपछि बसेको राप्रपाको बैठकले पार्टी फुटाएर राप्रपा प्रजातान्त्रिक गठन गरेका नेता जबरासहित दुई दर्जन बढी नेता र सांसदलाई कारबाही गरेको छ। पार्टी विभाजनपछि नायिका रेखा थापा राप्रपा प्रजातान्त्रिकतिर लागेपनि रेडियो नेपालको सरकारी जागिर छोडेर राजनीतिमा सक्रिय भएकी कोमल वली भने राप्रपामै छिन ।

पार्टी विभाजनपछि निकै चिन्तित बनेकी राप्रपाकी केन्द्रीय सदस्य कोमल वलीले नेता पशुपति शम्शेर जबरालाई पार्टीमा फर्किन आग्रह गरेकी छिन । एक टेलिभिजनमा नेता जबराले अन्तर्वार्ता दिँदै गरेको तस्वीर फेसबुकमा राख्दै नेतृ वलीले योग्य, सक्षम, नेतृत्व दिनसक्ने व्यक्तित्वले सबैलाई जोडेर नेतृत्व दिनु पर्ने भन्दै नेता जबरालाई राप्रपामै फर्किन आग्रह गरेकी हुन ।

सिंहदरवारमा वाल्यकाल विताएका ! अक्सफाेर्ड युनिभर्सिटीका विद्यार्थी ! अत्यन्तै शालिन ! याेग्य, सक्षम, नेतृत्व दिनसक्ने व्यक्तित्वले सबैलाई जाेडेर नेतृत्व दिनुपर्छ ! केहि विग्रेकाे छैन अझै ! हजुरकाे अभिभावकत्व अावश्यक छ पार्टीलाई ! पार्टी एक भएकाे दिनमा हाम्राे घरमा अाशाकाे दियाे बलेकाे थियाे ! याे दियाेमा तेलभर्ने जिम्मेवारी घरमुलिकाे हाे ! दियाे निभ्न नदिनाेस ! अन्तर्वार्ता हेर्दा नेतृत्वमा ठुलाे विमेल रहेनछ भन्ने थाहा पायाैं हामीले ! त्यसैले पार्टी एक बनाएर देशभरका अाफ्ना सन्तानलाई विचलित नबनाउन , सर्वमान्य अभिभावकत्व प्रदान गर्न श्रद्धेय नेताज्युमा हार्दिक अपिल गर्दछु !!
काेमल वली
केन्द्रीय सदस्य राप्रपा

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu