बुहारीलाई हातपात गरेको देखेपछि श्रीमतीले टाऊकोमा लौरो बर्साउदा श्रीमान ठाऊको-ठाऊ ठहरै…

चरीकोट, १० भदौ । दोलखाको मेलुङ गाउँपालिका–४ भेड्पुमा श्रीमतीले प्रहार गरेको लौरोबाट श्रीमान्को घटनास्थलमै ज्यान गएको आरोप लगाइएको छ ।

 

ज्यान गुमाउनेमा मेलुङ गाउँपालिका–७ भेड्पुका ८३ वर्षीय कर्णबहादुर तामाङ छन् । उनलाई श्रीमती सञ्जीले लाठी प्रहार गरेको जिप्रका दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार शुक्रबार साँझ कर्णबहादुरले अत्यधिक मादक पदार्थ सेवन गरी घरमा आई बुहारी विपना थोकरसँग थप मादक पदार्थ मागेको र बुहारीले मादक पदार्थ दिन नमानेपछि बुहारीलाई कुटपिट गरेको देखेपछि उनकी श्रीमतीले पछाडिबाट टाउकामा लौरो हानेको प्रहरीको भनाइ छ । अभियुक्त सञ्जीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिप्रका दोलखाले जनाएको छ ।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :

© 2017 Chautarionline.com

Designed byappharu