Friday, November 27

जतिनै पैसा कमाए पनि यी २ राशिलाई सधैं अभाव हुन्छ

October 22, 2020 169

सबैको चाहना अरु भन्दा आर्थिक तबरले सम्पन्न बनाैँ भन्ने रहेको हुन्छ । यहि सोचको कारणले गर्दा आफूले सकेजतिको मेहनत प्रायले गरेकै हुन्छन् ।ज्योतिष शास्त्रका अनुसार आर्थिक हिसाबले सम्पन्न बन्नको लागी राशीको महत्वपूर्ण हात रहनेकुरा बताउँछन् ।

ज्योषित शास्त्रका अनुसार मेष र वृश्चिक राशीलाई सबैभन्दा गरिबी राशीको रुपमा लिइएको छ । यस्ता राशीलाई जीवनमा आर्थिक अभाव रहने कारुण यस्ता उपायहरु अपनाउने पनि बताउँछन् ।

मेष राशीः मेष राशीका व्यक्तिहरुले जतिनै पैसा कमाए पनि उनीहरुलाई आर्थिक अभाव भइरहन्छ भनिएको छ । यस्तो समस्यालाई समधान गर्नको लागी यस्ता राशी भएकाले आफ्नो घरमा दैनिक रुपमा पूजाँ गरी घरको प्रवेश द्धारमा दिप बाल्ने र खुसार्नीको धुवाँ लगाउनले आर्थिक संकट हुदैन् ।

वृश्चिक राशीः वृश्चिक राशी हुनेहरुलाई कुनै पनि काममा अगाडी बढ्दा क्रृणमा फस्ने सम्भावना एकदमै बढि भने आर्थिक अभावले पनि पिरोलिरहन्छ । यस्ता राशी हुनेहरुले विष्णु लक्ष्मीको मन्दिरमा गएर त्यहाँको जल ल्याएर पिपलको फेदमुनी चढाउनाले आर्थिक संकटबाट मुक्ति पाइने र जीवनमा सफलता पाउने कुरा ज्योतिषशास्त्रमा उल्लेख छ ।

यो पनि:क्यान्सर भन्ने बित्तिकै एउटा असाध्य रोगको रुपमा हामी सबैले बुझेका हुन्छौं तर आरम्भिक दिनमै ठम्याएर उपचार गर्नसके क्यान्सर पूरै निको हुनसक्छ । यो रोग लाग्दा क्यान्सर प्रभावित भागको कोषहरु अनियन्त्रित रुपमा बढ्ने, अन्य तन्तुहरुमा पनि प्रसारित हुने र अनियन्त्रित वृद्धि भइरहेका क्यान्सर कोषहरु रक्तअक्सिजनको अभावमा मर्ने गर्दछ ।

अन्तत्वगत्वा अनियन्त्रित कोष वृद्धिकै कारणले क्यान्सर रोगीको मृत्यु समेत हुन्छ । क्यान्सरलाई नियन्त्रणमा लिन वा क्यान्सरबाट बच्न क्यान्सर कोषहरुको वृद्धिमाथि लगाम लगाउनु पर्ने हुन्छ । यो लगाम तब मात्र सम्भव छ जब कोष बाहिरको वातावरण ९भ्हतचब ऋभििगबिच ँगिष्म० पूर्ण प्राकृतिक हुन्छ ।

क्यान्सर कोषहरुको अनियन्त्रित वृद्धि हुनुको मुख्य कारण कोष बाहिरको वातावरणमा विजातीय द्रव्यहरूको संकलन भई कोष विभाजनलाई नियन्त्रण गर्ने तन्त्र विथोलिनुले हो । कोष बाहिरको वातावरणमा विजातिय द्रव्य संकलित हुदाँ यी द्रव्यहरुले सुसुप्त अवश्थामा रहेको कोषको क्यान्सर कारक जीनलाई उत्तेजीत गरेर अनियन्त्रित रुपमा विभाजित हुन प्रेरित गर्दछ ।

यो अनियन्त्रित वृद्धि नै क्यान्सर हो र यसबाट निजात पाउन कोषको बाहिरको वातावरणमा विद्यमान विषहरुको शोधन हुनु पर्दछ । यो सोधन केहि प्राकृतिक तरिकाले उब्जाईएका फलफूल एवं तरकारीको पेयको सेवनले सम्भव छ । यसर्थ क्यान्सर रोगीले निम्न फलका रसहरूको सेवन गर्नु पर्दछ ।

१) गहूँको जमराको जुसःगहूँको जमरामा प्रचूर मात्रामा क्लोरोफिल पाईन्छ । क्लोरोफिलले आपैmमा एण्टिअक्सिडेण्ट र एन्टि म्यूटाजेनिक यौगिक हो । क्लोरोफिललेसेवनले राता रक्तकोषहरूको वृद्घि गराएरको तथ्यहरू पनि सार्वजनिक भएका छन् ।

रक्तकोषहरू बढ्दा क्यान्सरग्रस्त तन्तुहरूमा ज्यादा अक्सिजन पु¥याएर क्यान्सर कोष मार्न सहयोग पु¥याउँदछ । गहूँको जमरामा क्यान्सर प्रतिरोधी सेलेनियम र लियट्राईल पनि पाईन्छ । गहूँको जमरामा १३ किसिमका भिटामिनहरू, बिसैवटा अमाईनो एसिडहरू र एण्टिअक्सिडेण्टहरू पाईन्छन् । यी सबै तत्वहरू क्यानसर प्रतिरोधि हुन् ।

२. कालो अंगुरको जुस :अंगुरमा लाइमेनिन नामक फाइटोकेमिकलले क्यान्सर कारक तत्वहरुलाई हटाउन मद्दत गर्दछ । अंगुरको बिउलाई मुख्यत कोलन-क्यान्सर (ठूलो आन्द्राको) को उपचारमा प्रयोग गरिँदै आइएको छ । अंगुरमा मोनोटारपेन्स नामक तत्व पनि छ । मोनोटारपेन्सले पनि क्यान्सर कारक तत्वहरु शरीरबाट हटाउन मुख्य भूमिका खेल्दछ ।

३) गाजरको जुस :गाजर पनि क्यान्सर प्रतिरोधी फाइटोकेमिकल्सल भरिएको फल हो । गाजरका विद्यमान बीटा क्यारोटीन नामक तत्वले मुख्यत छालाको क्यान्सरको रोकथाम नियन्त्रण र उपचारमा ठूलो भूमिका खेल्दछ । गाजरले क्यान्सर तन्तुको क्षय पश्चात हुने घाउँहरु सन्चो हुन पनि मद्दत गर्दछ ।

४) चुकन्दरको जुस :पर्याप्त मात्रामा एण्टिअक्सिडेण्ट र भिटाभिनहरुले भरिएको चुकन्दर क्यारोटेनोइडसहरूको राम्रो स्रोत हो । चुकन्दरमा विद्यमान क्यारोटेनोइइसले सबैखाले क्यान्सरको रोकथाम गर्न महत्वपूर्ण भूमिका खेल्दछ । रगतको क्यान्सर (ल्यूकेमीयाको) उपचार गर्न पनि क्याराटेनोइडसको प्रयोग गर्ने गरिन्छ

५) गोलभेंडाको जुस :गोलभेंडा भिटामिन सीको खजाना हो । भिटामिनहरुका अलावा गोलभेंडामा सोडियम, फस्फोरस, क्याल्सियम, पोटासियम, म्यानेसियम र सल्फर जस्ता थुप्रै खनिज एवम् लवणहरु पाईन्छन् । गोलभेंडाको रस मुख्यत प्रोष्टेट क्यान्सरका लागि खुवाउने गरिन्छ । गोलभेंडामा विद्यमान ग्लुटाथायन नामकतत्वले कोषहरुलाई अक्सिडेटिभ स्ट्रेसबाट बचाउनका साथै प्रतिरक्षा प्रणालीलाई सशक्तपार्ने काम पनि गर्दछ ।

६) ब्रोकाउलीको जुस :ब्रोकाउलीमा इन्डोल–३ कार्बीनोल नामकतत्व पाइन्छ । ईन्डोल ३ कार्बिनोलले स्तनको क्यान्सर, पाठेघरको मुखको क्यान्सर र अण्डाषयको क्यान्सरको रोकथाम नियन्त्रण र उपचारमा मुख्य भूमिका गर्दछ । इन्डोल–३ कार्वीनोललाई इष्ट्रोजन हारमोन प्रतिरोधि र प्रतिस्पर्धा प्रणाली ससक्तपार्ने तत्वको रुपमा बुझिएको छ ।

७) सलादपत्ताको जुस :पर्याप्तमात्रामा सल्फर, क्लोरिन, सिलिकन र भीटमिन बीकम्प्लेक्सहरूले भरपुर सलादपत्ताको जुस फोक्सोको क्यान्सरको लागि उपयोगी छ ।८) नोनीको जुस :नोनीको जुस फष्ट स्टेजको क्यान्सर निको पार्न सक्ने क्षमता राख्दछ । नोनीको जुसले क्यान्सर कोषहरुलाई नष्ट गर्नुका साथै क्यान्सर कोषहरु खाइदिने सेता रक्त कोषहरु पनि बनाउन मद्दत गर्दछ ।

प्रतिकृया दिनुहोस्