Sunday, February 28

बालकुमारीमा दुई जनालाई ठक्कर दिएर भागेको गाडी भेटियो सानेपामा चालक पक्राउ

October 23, 2020 192

ललितपुरको बालकुमारीमा दुई जनालाई ठक्कर दिएर भागेको गाडी सानेपामा भेटिएको छ।
बिहीबार बिहान ५ बजे मर्निङ वाकका लागि निस्किएका दुई जना वृद्धलाई बोलेरो गाडीले ठक्कर दिएर भागेको थियो। जसको ठक्करबाट एक जनाको मृत्यु भएको थियो भने अर्का घाइते भएका छन्।

प्रहरीका अनुसार बा १२ च ४२२८ नम्बरको बोलेरोले ठक्कर दिएर भागेको हो। सो गाडीलाई महानगरीय प्रहरी परिसर, ललितपुरले सानेपाबाट नियन्त्रणमा लिएको छ।
साथै, त्यसका चालकलाई पनि पक्राउ परेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तोष तामाङले जानकारी दिए।पक्राउ पर्नेमा भक्तपुर डेरा गरी बस्ने ३२ वर्षीय कुवेर खड्का छन्।

उनले चलाएको बोलेरोको ठक्करबाट महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्ने ७८ वर्षीय बाबुकाजी महर्जनको मृत्यु भएको थियो।

प्रतिकृया दिनुहोस्