एक फार्म हाउसमा तीन युवतीहरूमाथि सामूहिक अनैतिक कार्य भएको घटना प्रकाशमा आएको छ । पुलिसले यस घटनाको प्रतिवेदन दर्ता गरी सातजनालाई पक्राउ गरेको छ र बाँकी दुई अझै फ रा र छन् । हाल प्रहरीले फार्म हाउसलाई सिल गरी दुई युवकको खोजी शुरू गरिसकेको छ । यो घटना भारत, उत्तर प्रदेशको नोएडामा भएको हो । यस सम्बन्धमा, गौतमबुद्ध नगरका वरिष्ठ पुलिस अधीक्षक वैभव कृष्णले भने कि तीनै जना कल गर्लहरू दिल्लीका हुन् ।
ती मध्ये एक कल गर्लले बुधबार पुलिस स्टेशनमा रिपोर्ट दर्ता गरिन् । उक्त प्रतिवेदनमा ती युवतीले भनिन्, म लाजपत नगर मेट्रो स्टेशन नजिकै ग्राहकको खोजीमा राति ११ बजे आफ्नो साथी सँगै उभिएकी थिएँ । यस बीच, एक सेतो रंगको कार आयो र त्यहाँ रोकियो । कारमा २ जना मानिस थिए । उसले ९ हजार रुपैयाँमा एक रातको लागि ३ जना युवतीहरू बुक गर्यो । यस पछि, कारमा बसेर, उनले नोएडाबाट दिल्ली ल्याए ।
आजतकमा छापिएको समाचार अनुसार, नोयडा जान केटीहरु मानेनन्, तिनीहरूले भने कि घर केहि टाढामा छ । यसपछि युवकले तीनै जना केटीलाई एक्सप्रेस वे क्षेत्रको गाउँको एक फार्म हाउसमा ल्याए ।
एसएसपीका अनुसार जब फार्म हाउसमा कल गर्लले तीन जनाको सट्टा ९ जना मानिस हुने थाहा पाए, केटीहरुले मानेनन् । यो सुनेपछि केटाहरु रिसाए र उनीहरूले पि टे र केटीहरुमाथि अनैतिक काम गरे।
प्रहरीले अखिलेश यादव, लवलेश यादव, भोला यादव, अंजन यादव, राजेश यादव, सतीश पाल, राजकुमार मौर्यलाई पक्राउ गरेको छ । मुलायम सिंह यादव र पंकज अझै पक्राउ नपरेको बताइएको छ । पुलिसका अनुसार फार्म हाउस भएको ठाउँ दिल्लीको मोटर यातायात विभागमा तैनात एक वरिष्ठ अधिकारीको हो । सांकेतिक तस्वीर
प्रतिकृया दिनुहोस्