Friday, November 27

प्रेम बिवाह गरि घर बसालेकी निरुले अस्पतालमै लीईन अन्तिम सास

November 4, 2020 201

आफ्नै श्रीमती २९ वर्षीया निरु कासिछ्वाको ज्या’न लिएको अभियोगमा प्रहरीले सूर्यविनायक निवासी ३४ वर्षीय रोशन नागालाई प’क्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले जाहेरी आएपछि नागालाई प’क्राउ गरेर अनुसन्धान शुरु गरेको जानकारी दिए ।

१२ वर्ष अघि प्रेम विवाह गरेको निरुलाई रोशनले पटकपटक कु टपि ट गर्ने गरेको र पछिल्लो समय पनि यसैबाटै मृत्यु भएको माइती पक्षको भनाइ छ । यही असोज १८ गते बिहानै निरु रुदै माइती आएर लोग्नेले प’टकप’टक कु’टपि’ ट गरेको र रातभरी पनि कु टेर स’हनै नसक्ने भइयो, पुलिसलाई रिपोर्ट दिनु पर्यो भनेको दाजु विकास कासिछ्वा बताउछन्।

सोही दिन महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिएपछि रोशनलाई बोलाएर छलफल गर्दा अब मिलेर बस्ने भनेर सहमतिपछि पाँच दिनको तारेखमा घर पठाएको उनले बताए । प्रहरी उपरीक्षक थापाले तारेखमा छाडे पनि नागा तारेक लिन नआएको र एकै पटक निरुको ह ‘त्या भएको जाहेरी आएपछि प’क्राउ गरी अनुसन्धान शुरु गरेको जानकारी दिए ।

१२ वर्ष आगाडी प्रेम विवाह गरेकी निरु श्रीमान रोशनले ग ल्तीको महशुस गरेका भन्ने सोचेर मा फी दिन तयार भइन् । उनीहरु श्रीमान श्रीमती दुवै जना हामी मिल्छौं भनेपछि प्रहरी कार्यालयका कर्मचारीले विकाशलाई ‘सोध के गर्ने सर ?’ बहिनी र ज्वाई एक आपसमा मिल्ने भएपछि विकाशले ‘के गर्ने र सर उनीहरु मिलेपछि भै गो नि’ भन्ने जवाफ प्रहरी प्रशासनका कर्मचारीलाई दिए । त्यसपछि उनीहरुलाई प्रहरीले एक सातामा कार्यालय आउने सर्तमा घर जान दिएको थियो । असोज १९ जिल्ला प्रशासनबाट हास्दैं श्रीमानको घर गएकी निरुले कार्तिक १२ गते बिहान ६ बजे थिमिस्थित मध्यपुर अस्पतालमा प्रा’ण त्या’गिन् ।

असोज १७ गतेदेखि देखिएको कालो बादलसँगै ‘आँ धी’ले कासिछ्वा परिवारको चेलीलाई लग्यो । ११ वर्षकी छोरी र ५ वर्षका छोरोले आमाको माया सदाको लागि गु माए । प्रेम विवाह गरेकी निरुलाई १२ वर्षपछि त्यो प्रेम जुरेन ।

शनिबार हामी निरुको माइती पुग्दा उनका दाई, दिदी आमालगायतका आफन्तहरुको मुहार म’लिन अवस्था थियो । उनको एकजना आफन्तले घटनाबारे जानकारी दिएपछि हामी त्यहाँ पुगेका थियौं । कसरी भयो तपाईंको बहिनीको मृ’त्यु भन्दा विकाशले ज्वाई रोशनको ‘कु टा’ईकै का’रणले निरुको मृत्यु भएको आ’रोप ल’गाए । माइतीपक्षले कि’टानी जाहेरी दिएपछि रोशनलाई महानगरीय प्रहरी वृत्त जगातीले प’क्राउ गरेको छ । यहीँ कार्तिक २ गते निरुकी सासूले निरुकी आमालाई फोन गरेर तपाईंकी छोरी बिरामी भएर अस्पताल लगेको छ आउनु भन्दै फोन गरेकी थिइन् । फोन आएपछि आमाले छोरो विकाशलाई बताइन् । त्यसपछि विकाशले फोन गरेर कुन अस्पताल हो भन्ने सोधर तुरुन्तै डाक्टर इवामुरा मेमोरियल अस्पताल सल्लाघारी गए ।

विकाशले भने, ‘अस्पताल पुग्दा बहिनीले ज्वाइले कु’ टेर आ’फ्नो हा ‘लत यस्तो सुनाइन् ।’ निरुलाई अस्पताल पुग्दा बा’न्ता हुने भइरहेको थियो । दिनभर अस्पताल बसेर साँझ कम भएपछि डाक्टरले नै घर जानुस् भनेकाले बहिनीलाई घरमा लगिदिएको उनले बताए ।

३ गते बिहानै विकाशलाई बहिनी भेट्न जान मन लाग्यो । उनी सूर्यविनायक नगरपालिका वडा नम्बर ६ मा रहेको बहिनीको घरमा पुगे । तर, त्यहाँ निरु थिइनन् । अस्पताल लगेको बताएपछि उनी मध्यपुर अस्पतालमा गए । ‘अस्पताल पुग्दा निरुको अवस्था निकै नाजुक थियो, बिरामी मानिसलाई घर लगेरपनि कु’ टेछ’, विकाशले भने, ‘अस्पतालमा ज्वाईँ थिएन्, आमामात्र थिइन् मैले फोन गरेर बोलाएँ ।’ डाक्टरले तुरुन्तै टा’उकाको अपरेशन गर्नुपर्छ भनेपछि सीटीस्क्यान गरियो । अपरेशनपछि पनि बिरामीको अवस्थामा खासैं सुधार भएन । भेन्टिलेटरमा राखेको ९ दिनपछि निरुको निधन भयो ।

माइतीपक्षले रोशनको अर्कै महिलासँग प्रेम सम्बन्ध रहेकाले केही वर्ष यता उनले श्रीमतीमाथि हिं ‘सा गर्दै आएको आ’रोप लगाएका छन् । दिदी निकिताले भनिन्, ‘छोरी चार महिनाको पे’टमा हुदाँखेरी नै रोशन कु ‘टा’ईबाट निरुको र’क्तशा’व भएको थियो ।’

यो पनि : पर्यटनका सबै क्षेत्र खोल्ने सरकारको तयारी

सरकारले स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटनका सबै क्षेत्र खोल्ने तयारी गरेको छ । कोभिड –१९ महामारीकै बीच पर्यटनका सबै क्षेत्र खुला गर्ने तयारी भइरहेको जनाइएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल पर्वतारोहण संघ (एनएमए) को ४७ औंँ वार्षिकोत्सवका अवसरमा आयोजित वेबिनार कार्यक्रमलाई सम्बोधन गर्दै कोभिडसँग सुरक्षित रहँदै विस्तारै पर्यटन खोल्दै जानाको विकल्प नभएको बताउनुभयो । सरकारले कात्तिक १ गतेदेखि पदयात्रा र हिमाल आरोहणका लागि विदेशी पर्यटक आगमन खुला गरेको थियो ।

मन्त्री भट्टराईले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्दै पर्यटनका अन्य क्षेत्र पनि खुला गर्ने गरी मन्त्रालयले तयारी गरेको र यो प्रस्ताव छिट्टै मन्त्रिपरिषद्मा लगिने बताउनुभयो । कोभिड महामारीका कारण कारण बन्द गरिएको अनराइभल भिसा सरकारले कात्तिक १ गते (अक्टोबर १७ ) देखि खुला गरिसकेको छ । पदयात्रा र पर्वतारोहण खुला भएसंँगै हालै बहराइनका राजकुमारसहितको टोली सफलतापूर्वक नेपालका हिमाल आरोहण गरी फर्किएको छ । यसले नेपाल कोरोनाकै बीच पनि सुरक्षित पर्यटकीय गन्तव्य हो भन्ने सन्देश गएको उल्लेख गर्दै मन्त्री भट्टराईले यसलाई उपयोग गर्दै पर्यटनका अन्य क्षेत्र पनि खोल्ने तयारी भएको बताउनुभयो ।

पर्यटनमन्त्री भट्टराईले नेपालको पहिचान हिमालको संरक्षण र सम्बद्र्धनमा सबैले ध्यान दिनुपर्ने औंँल्याउनुभयो । प्रदूषण र विश्वव्यापी तापमान वृद्धि हुँदा असर हिमाल तथा हिमतालमा पर्ने गरेको बताउँदै उहाँले तिनलाई जोगाउनु अहिलेको मुख्य चुनौती भएको बताउनुभयो ।
एनएमएका अध्यक्ष सन्तवीर लामाले कोभिडका कारण पर्यटन व्यवसाय ठप्प हँुँदा हिमाल आरोहणका क्षेत्रमा काम गर्ने मजदूर तथा व्यवसायीको दैनिक जीवन निर्वाहमा समेत समस्या देखिएको बताउँदै यस्तो महामारी तथा कठिन परस्थितिका बेला उनीहरूलाई सहयोग गर्न सरकार र एनएमए मिलेर राहत कोष (बास्केट फण्ड) स्थापना गर्न आग्रह गर्नुभयो ।

महासचिव कुलबहादुर गुरुङले व्यवसायीलाई राहतका लागि सहुलियतपूर्ण कर्जा आवश्यक भएकाले सहजीकरणका लागि सरकारसँग आग्रह गर्नुभयो ।टानका अध्यक्ष खुमबहादुर सुवेदीले व्यवसाय चलायमान बनाउन सरकारले थप राहतका प्याकेज ल्याउनुपर्ने बताउनुभयो ।
एनएमएले पाँच हजार आठ सय मिटरभन्दा कम उचाइका २७ हिमाल आरोहणको व्यवस्थापन गर्दै आएको छ । नेपालमा आठ हजार ८ सय ४८ मिटर उचाइको सगरमाथादेखि विभिन्न उचाइका तीन हजार ३१० हिमाल छन् । तीमध्ये सरकारले हालसम्म ४१४ हिमाल आरोहणका लागि खुला गरेको छ ।

साइकल यात्रा

कोभिड महामारीका कारण थला परेको नेपालको पर्यटन क्षेत्रलाई टेवा पु¥याउने र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोमबारदेखि देशव्यापी साइकल यात्रा हुने भएको छ ।विश्व साइकल यात्री पुष्कर शाहका नेतृत्वमा पर्यटन व्यवसायीसमेतको टोलीले सुदूरपश्चिमको महेन्द्रनगरदेखि पूर्वको पशुपतिनगरसम्म यात्रा गर्ने कार्यक्रम रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

पर्यटन प्रवद्र्धनसँगै स्वास्थ्य सचेतना फैलाउने बोर्डको सन्देश प्रवाह गर्ने उद्देश्यले साइकल यात्रा आयोजना गरिएको हो । सोमबार बिहान काठमाडौँबाट महेन्द्रनगरतर्फ प्रस्थान गर्ने २१ दिन लामो उक्त साइकल यात्रा नेपाल पर्यटन बोर्ड प्राङ्गगणबाट कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले साइकल यात्रीको समूहलाई बिहान ९ बजे बिदाइ गरेदेखि शुरुआत हुने बोर्डले विज्ञप्तिमार्फत जनाएको छ । महेन्द्रनगरबाट शुरु हुने यो साइकलयात्राले ठाकुरद्वारा, नेपालगञ्ज, सुर्खेत, घोराही, तौलिहवा, भैरहवा, बुटवल, तानसेन, पोखरा, नारायणघाट, हेटौंडा, वीरगञ्ज, लालबन्दी, जनकपुर, गाईघाट, धरान, विराटनगर हँुदै काकडभिट्टासम्म पुगी आन्तरिक पर्यटन प्रवद्र्धनका लागि बोर्डको सन्देश प्रवाह गर्नेछ ।

प्रतिकृया दिनुहोस्