Tuesday, December 1

विनोदले अस्पतालमै मनाईदिए श्रीमती अनिताको बर्थ डे, सोशल मिडियामा शुभकामना दिनेको ओईरो (भिडियोसहित)

November 7, 2020 284

काठमाण्डौ । ‘म तिमीलाई आफुभन्दा पनि धेरै माया गर्छुु, तिम्रो खुशीकोलागी जे पनि गर्न तयार हुनेछु, तिमीलाई सधैं सम्मान दिएर राख्नेछु, तिम्रो हरेक सुखदुःखमा म तिम्रो साथ हुनेछु, तिम्रा हरेक भावनाहरुलाई बुझिदिनेछु…….’ आदिआदि । यी बाचा कसमहरु गर्न जत्ति सजिलो छ वास्तविका जीवनमा लागू गर्न उत्तिकै गाह्रो छ ।

यी बाचा कसम यदि पुरा गर्ने चाहाना तपाँईमा जागेको छ भने विनोदबाट सिक्न सक्नु हुन्छ हरेक श्रीमानले । टिकटकको माध्यमबाट चिनीएका विनोद आज हरेक जोडीकोलागी एउट नमूनाको जोडी साबित भईदिएका छन् । कास उनको जस्तै हृयद सबै श्रीमानहरुमा हुने हो भने यहाँ कोही पनि श्रीमतीले श्रीमान हुँदाहुँदै आफुलाई एक्लो भएको महसुस गर्नै पर्दैनथ्यो होला ।

श्रीमतीकोलागी विनोदको माया, केयर, सम्मान आदिइत्यादि सबै कुरा देख्दा कस्को मनमा पो उनको जस्तै छवी आफ्नो श्रीमानमा पनि भईदियोस् भन्ने भावना जाग्दैन होला र ? श्रीमती अनिताकोलागी उनी केवल श्रीमान मात्र नभएर एउटा डक्टर नै बनेर आएका रहेछन् । विनोदलाई सहज त पक्कै छैन होला अनिताको केयर गर्न तर पनि सजिलै उनले श्रीमतीको ख्याल गरेका छन् मानौं कि उनलाई कुनै दुःख, पिडा, चोट केही छैन जस्तो ।

हामीले कत्ति घटनाहरु देखेका छौं श्रीमती बिरमी भईन् भने श्रीमानले अर्की बिहे गरेर घरको एउटा कुनामा त्यो बिरामी श्रीमतीको छेउबाट दोश्रो श्रीमतीलाई अंगालेर हिड्ने श्रीमानका व्यवहारहरु पनि । त्यस्ता घटनाहरुले महिलाको भावनालाई कति ठेस् पुग्छ भन्ने कुरा जसरी विनोदले बुझेका छन् त्यसैगरी ती श्रीमानहरुले पनि बुझिदिए कति असल हुने थियो सम्बन्धहरु ।

एउटा घटनाले आफ्नी श्रीमती बिरामी परेर अस्पतालको बेडमा उपचार गराई रहेको आज १ वर्ष नाघि सक्दापनि विनोदमा श्रीमतीलाई निको बनाएरै छाड्छु भन्ने उही उत्साहा, उही चाहाना, उही जुनून् देख्न सकिन्छ । उनको साथ र हौसलाले नै अनितामा पहिलाको भन्दा धेरै नै सुधार हुँदै गईरहेको छ । विनोदको भनाई अनुसार अनिताले पहिलाको भन्दा अहिले धेरै कुराहरुमा प्रतिकृया दिन थालेकी छन् ।

श्रीमानको यस्तै माया र केयरले आज अनिताको मुहारमा हाँसो र खुशी देख्न सकिन्छ । श्रीमतीलाई खुशी राख्न विनोदले कहिले टिकटकमा भिडियो बनाउने त कहिले छोरीसंग कुरा गराउने देखि लिएर सबै कुराहरु गरिरहेका छन् । उनको त्यसै प्रयास अन्तरगतको आजको एउटा अर्को प्रयास पनि हो अनिताको बर्थ डे सेलेब्रेशन पनि ।

आज अनिताको बर्थ डे भएको हुनाले विनोदले आज आफ्नी श्रीमतीलाई खुशी बनाउन अस्पतालको बेडमै अनिताको बर्थ डे मनाईदिएका छन् । जन्मदिन सबैकोलागी खास हुन्छ । यो कुरा विनोदले राम्रै बुझेका रहेछन् । त्यसैले अनितालाई उनलाई मन पर्ने मेकअपले सिंगारेर उनको बर्थ डे मनाई दिएका छन् ।

रातो रंगको कपडा, आखाँमा गाजल, ओठमा लिप्स्टीक, शिरमा ताज अनिता यी श्रृंगारमा निकै नै सुहाएकी पनि छन् । अनितालाई उनको यो जन्मदिनमा सोशल मिडिया युजरसले बधाई तथा शुभकामना दिएका छन् । साथै उनको शिघ्र स्वास्थ्यलाभको पनि कामना गरेका छन् । धरैले उनको बर्थ डे सेलेब्रेशनको यो भिडियोलाई लाईक गरेका छन् ।

प्रतिकृया दिनुहोस्