Tuesday, December 1

टिकटकले ‘हिट’ बनाएको मानहुँकोट, एकैदिन दश हजार पर्यटक ओइरिएर जाम

November 8, 2020 269

अचेल टिकटकमा ‘हिट’ छ- मानहुँकोट।
कुहिरोमाथि टक्क उभिएको मानहुँकोट पुगेर सूर्योदय र सूर्यास्त हेर्न आन्तरिक पर्यटकको ओइरो लागेको छ।

तनहुँको दमौली बजारदेखि एक किलोमिटरअगाडि गएपछि चोकबाट करिब साढे ६ किमी उकालो चढेपछि मानहुँकोट पुगिन्छ।

सूर्योदय हेर्न मानिसहरू बिहान ३ बजेदेखि नै मानहुँकोट यात्रामा निस्कन्छन्। पदयात्रा र सवारी साधनबाट यहाँ पुग्न सकिन्छ।
ब्यास नगरपालिका वडा नम्बर ५ मा पर्ने मानहुँकोट करिब तीन सय रोपनीमा फैलिएको खरबारी हो।

यो लुकेको डाँडामा हिजोआज मानिसको ओइरो लागेको देख्दा स्थानीय बासिन्दा बेदबहादुर राना दंग छन्।

प्रतिकृया दिनुहोस्