Friday, November 27

हङकङकाे नेपाली रेष्टुरेन्टमा आगलागी, ७ जनाको मृत्यु

November 16, 2020 180

१ मंसिर, काठमाडौं । हङ्कङको जोर्डनमा सन्चालित एक नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ ।

हङकङका मिडियाहरुका अनुसार रेष्टुरेन्टमा आइतबार राति करिब ८ बजेतिर आगलागी भएको थियो । आगलागीमा परेर चार जना पुरुष र तीन जना महिलाको मृत्यु भएको हो । बालबालिकासहितका केही व्यक्तिहरुलाई उद्धार गरिएको छ ।
यो नेपालीहरुले लाइसेन्स नलिइकन सन्चालन गरेको रेष्टुरेन्ट भएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

१ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११९७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख १० हनार ९७३ पुगेको छ । उनीहरुमध्ये १२३० जनाको मृत्यु भएको छ भने १ लाख ७६ हजार ३६४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २९४३ जना क्रमणमुक्त भएका हुन् ।
हाल देशभर ३३ हजार ३७९ संक्रिय संक्रमित छन् ।

प्रतिकृया दिनुहोस्